१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

यस्तो छ नवलपरासीमा चुनावको अन्तिम तयारी

१९ मंसिर २०७४, मंगलवार १०:१२

मङ्सिर १९, नवलपरासी । दोस्रो चरणमा निर्वाचन हुन लागेको नवलपरासीमा पनि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । 

चारवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्र्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै तयारीसहित शान्तिसुरक्षालाई व्यवस्थित पारिएको छ । मतदान केन्द्रमा आवश्यक सबै सामग्रीसहित कर्मचारी पुगिसकेका छन् । नवलपरासीमा प्रतिनिधिसभातर्फ चार निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ आठवटा निर्वाचन क्षेत्र छन् । 

जिल्लामा कूल २३२ मतदान स्थलका ५१५ वटा मतदात केन्द्रका लागि करिब चार हजार कर्मचारी परिचालन गरिएको छ । प्रदेश नं ४ मा नवलपरासी पूर्वतर्फ प्रतिनिधिसभामा दुई र प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र छन् भने प्रदेश नं ५ मा नवलपरासी पश्चिम प्रतिनिधिसभामा दुई प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र छन् । 

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन म्यादी प्रहरीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी जिल्लामा करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ४६ र प्रदेशसभा सदस्यतर्फ १०५ उम्मेदवार चुनाबी प्रतिस्पर्धामा छन् कूल चार लाख २९ हजार ९५१ मतदाता छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण