Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

माथिल्लो डोल्पामा हिमपात, तल्लो डोल्पाको जनजीवन प्रभावित

By kit

टेक शाही/मङ्सिर १९, डोल्पा । डोल्पामा मँगलबार बिहान देखि हिमपात भएको छ ।

माथिल्लो डोल्पाको सबै भुभागमा हिमपात भए पछि जनजीवन प्रभाबित भएको छ । मँगलबार बिहान देखि हिमपात हुन थाले पछि चिसोले डोल्पाको जनजीवन प्रभाबित भएको हो ।

मँसिरको तेस्रो साता नबत्दिै हिमपात भए पछि डोल्पाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सम्म पुगेको स्थानिय रबिन्द्र शाहीले बताए । उनका अनुसार आफुले मौसमी बिवरण देखाउने मेसिन राखेकोले अझै २ दिन बदली भइ हिमपात तथा पानि पर्ने बताए ।

माथिल्लो डोल्पामा मँगलबार बिहान बाट परेको हिउ करिव आधा फिट जमेको डोल्पोे मुकोटका सोनमा धावा गुरुङ्गले जानकारि दिए । हिमपात भए सँगै चिसो ह्वात्तै बढे पछि पसुबस्तुलाइ समेत घासपात गर्न कठिन भएको धावाले जानकारि दिए ।

केहि दिन देखिको बदली पछि मँगलबारबाट हिमपात र तल्लो डोल्पामा पानि पर्न थाले पछि चिसोले दैनिक काममा कठिन भएको जगदुल्ला गाँउपालिकाका स्थानिय राज बहादुर थापाले बताए ।

पानि र हिउ सँगै पर्न थाले पछि बिद्यालय गएका बालबालिका समेत चिसोले कठ्याग्रीए पछि पठनपाठनमा समेत असर परेको महादेव आधारभुत बिद्यालयकि शिक्षिका खगिसरा पुलामीले जानकारि दिइन । उनका अनुसार सानासाना बालबालिकाहरु चिसो पढन् नसक्ने भए पछि तल्लो डोल्पाका सबै बिद्यालय प्रभाबित भएको बताइन ।

दैनिक चिसो बढे पछि माथिल्लो डोल्पाका सबै बिद्यालयहरु बन्द गरिएका माथिल्लो डोल्पाका शिक्षकहरु बताउछन । मँसिरमा नै परेको हिमपातको कारण सबै भन्दा धेरे माथिल्लो डोल्पाका स्थानियहरु प्रभबित भएका छन ।

चिसो छल्न चौरीगाइ,घोडा र च्याङग्रा लिएर तल्लो डोल्पा झर्ने माथिल्लो डोल्पाका स्थानियहरु एकै पटक हिमपात भए पछि घरमै थन्कीएका छन । कोहि तल्लो डोल्पा आउदै गर्दा उच्च हिमाली भुभागमा बिचैमा रहेको माथिल्लो डोल्पाका स्थानियहरु बताउछन । बदली भए पछि डोल्पामा तिन देखि घाम लागेको छैन भने चिसो बढेर पुरै जनजीवन प्रभाबित भएको छ ।