२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा चन्दा असुल्दै गरेको अवस्थामा भूपू सैनिकसहित १२ जना पक्राउ

१९ मंसिर २०७४, मंगलवार १६:२८

मङ्सिर १९, मंगलबारे (रासस) | निर्वाचन विरोधी गतिविधिसहित चन्दा असुल्दै गरेको अवस्थामा प्रहरीले इलामबाट १२ जनालाई नियन्त्रणमा लिएको छ । 

स्थानीयवासीबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा इलाममा मंगलबार जिल्ला बाहिरका १२ जनालाई भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका–१ गोर्खेस्थित मंगलबारेबाट पक्राउ गरेको हो । 

गोर्खे प्रहरी चौकीबाट खटेर गएको प्रहरीको टोलीले गोर्खेस्थित सिंहदेवी मतदान केन्द्र आसपासका स्थानीयवासीबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा पूर्व नेपाली सेनासहित १२ जनालाई पक्राउ गरेको इलामका प्रमुख एसपी विपीन कर्मचार्यले बताउनुभयो । 

पक्राउ पर्नेमा नेपाली सेनाका भूपू जागिरे चितवनका ५१ वर्षीय वसन्तबहादुर बराल, चितवनकै ४९ वर्षीय मुक्तिनाथ अधिकारी, तनहुँका २८ वर्षीय रामु सुवेदी, गोर्खाका अग्नि उपरकुटी, गुल्मीका २० वर्षीय तेजेन्द्र जिसी, गुल्मीकै १७ वर्षीया कोपिला थापा, काठमाडौँका ४१ वर्षीय कृष्ण थापा, काठमाडाँैकै ३२ वर्षीया मीना केसी, तेह्रथुमका २९ वर्षीय कृष्णप्रसाद अधिकारी, संखुवासभाका २९ वर्षीय अर्जुनकुमार गौतम, संखुवासभाकै रमेश गौतम र रुपन्देहीका २० वर्षीया माया रहनुभएको छ । 

प्रहरीले पक्राउ पर्नेको साथबाट गौरव युवा एकता पीडित उद्धार सेवा समाज र नाइट युवा समाजको पर्चा र रसिद, तीनथान नागरिकता, चारथान मतदाता परिचयपत्र र नेपाली रु चार हजार ५०० तथा भारतीय दुई हजार ५७० बरामद गरेको छ । 

पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । निर्वाचन गतिविधिविरुद्ध लाग्दै आएका विप्लव नेतृत्वको नेकपाका १३ जना कार्यकर्तालाई यसअघि नै पक्राउ गरेर सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएर कारबाही गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…