३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

मदन मेमोरियल फुटबल प्रतियोगिताको फाइनलमा खाम्लालुङ सेतो र चम्किलो भिड्ने

५ बैशाख २०७३, आईतवार ०६:२२

प्रकाश धौलाकोटी/ बैशाख ५, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा लाग्दै आएको ऐतिहासिक मदन मेलाको अवसरमा आयोजित मदन मेमोरियल पुरुष फुटबल प्रतियोगिताको फाइनलमा घरेलु टिम चम्किलो तारा युवा क्लब ईवा र खाम्लालुङ गाविस सेतो भिड्ने भएका छन् ।

आइतबार भएको खेलमा प्रगतिशील तमु युवा समुह ह्वाकुलाई ट्राईबेकरमा पराजित गर्दै चम्किलोले आफ्नो फाइनल यात्रा तय गरेको हो । यस्तै मदन मेला आयोजक समितिलाई २–१ गोल अन्तरले पराजित गर्दै खाम्लालुङ गाविस सेतो फाइनलमा उत्रिएको मेला आयोजक समितिका महेन्द्र बिमलीले जानकारी दिनुभयो । यस्तै महिला तर्फ लेकसाइट स्पोटिङ ताप्लेजुङ्ग र जाँते मोरङ फाइनलमा उत्रिएका छन् ।

सोमबार दुवैतर्फको उपाधिकालागि फाइनल खेल हुने र पुरस्कार वितरण लगायत कार्यक्रमसँगै मेला सम्पन्न हुने आयोजकले जनाएको छ ।
पुर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, ईलाम, झापा र मोरङका गरी मदन ममोरियल फुटबलतर्फ १५ टिम सहभागी भएकोमा विजेताले नगद ८१ र उपविजेताले ४४ हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै महिला फुटबलतर्फ विभिन्न ६ टिम सहभागी भएकोमा विजेताले नगद ३१ र उपविजेताले १८ हजार रुपैयाँ सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने मेला आयोजक समितिका विमलीले बताउनुभयो ।

पुर्वान्चलकै पुरानो तथा ऐतिहासिक मदन मेला अन्तर्गत आइतबारै लोक दोहोरी, धान नाँच, कविता वाचन लगायत प्रतियोगिताहरु समेत सम्पन्न भएका छन् । २०१५ सालबाट लाग्दै आएको पुर्वाञ्चलकै पुरानो मदन मेला तेह्रथुम जिल्लाकै पहिचान र यहाँका पर्यटकीय पुर्वाधारहरुको विकास एवम् प्रचार प्रसारमा सहयोग पुर्याउने लक्ष्यले लाग्दै आएको छ । रानी जगदम्बाले स्वर्गीय श्रीमान् मदन शमशेरको नाममा अक्षयकोष स्थापना गरी मेला सुरु गरिदिएपछि निरन्तर लाग्दै आएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’