२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

मुटुको परिक्षण र सामान्य उपचार चरिकोटमै निःशुल्क

२०७४, २१ मंसिर बिहीबार ०५:४०

ताराबहादुर महत । मंसिर २१, दोलखा । पाँच दिनकी सुत्केरी दोलखाको लामिडाँडाकी २९ बर्षिया तारा शिवाकोटी गत मंसिर १६ गते बेलुकी एक्कासी विरामी पर्नुभयो । सिँगटी प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य रुपमै बच्चा जन्माउन सफल भएकी शिवाकोटी आफ्नो बच्चालाई राम्रोसँग दुध नआएपछि छटपटाई रहनु भएको थियो । त्यस्तै बखतमा उहाँलाई असहज महशुस भयो र श्वासप्रश्वास गर्न समेत अत्यन्त्यै गाह«ो भयो । परिवारका सदस्यहरुले अरु केहि समस्याले हो कि भनेर विचार गरे तर अवस्था थप जटिल बन्दै गएपछि राति नै चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईयो ।


प्राथमिक स्वास्थ्य केन्द्रकको आपतकालिन कक्षमा उहाँलाई भर्ना गरियो र शिवाकोटीको स्वास्थ्य जाँच गरियो । अरु सबै जाँच गरिएपछि समस्या देखिएन । त्यसपछि मुटुको भिडियो एक्स–रे गरियो । एक्स–रे गरिएपछि बल्ल थाहा भयो । उहाँको मुटुमा समस्या रहेछ । मुटुको समस्या पत्ता लागेपछि औषधि सेवन गराईयो र दुई दिनसम्म अक्सिजनको भरमा विरामीको उपचार गरेपछि मंसिर १९ गते म अस्पताल पुग्दा अवस्था सामान्य भएको उपचारमा संलग्न डाक्टर विनोद दंगाल, विरामी र आफन्तहरुले बताएका थिए ।


न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थासँगको समन्वयमा प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले संचालन गरेको प्रस्तावित चरिकोट अस्पतालले करिब ६ महिनाअघिबाट मुटुको भिडियो एक्स–रे सेवा शुरु गरेको मेडिकल डाईरेक्टर विनोद दंगालले जानकारी दिनुभयो । उहाँका अनुसार यो सेवा शुरु भएपछि करिब ६ सय जनाले मुटु परिक्षण गरेका छन ।

प्राणी स्वास्थ्यमै सबै भन्दा संवेदनशील मानिने मुटु रोगको सामान्य परिक्षण र उपचारका लागि लाखौं रुपैँया खर्चेर राजधानी काठमाण्डौं पुग्नुपर्ने बाध्यता रहेकोमा प्रस्तावित चरिकोट अस्पतालले निःशुल्क यो सेवा शुरु गरेपछि सेवाग्राहीहरु खुसी भएका छन । मेडिकल डाईरेक्टर समेत रहनुभएका डाक्टर विनोद दंगालले भारतमा गएर मुटु रोगको उपचारसम्बन्धि तालिम लिएर आएपछि यो सेवा शुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ । यसअघि विभिन्न बहिरङ्ग सेवाका साथै हाडजोर्नी सम्बन्धि जटिल शल्यक्रिया समेत गर्ने गरेको अस्पतालमा मुटु परिक्षण सेवा शुरु गरेकोले मुटु सम्बन्धि कुनै समस्या भएमा परिक्षण गरी लाभ लिन समेत अस्पताल व्यवस्थापनले सबैमा अपिल गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला