२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

लालीगुराँस गोल्ड कपमा आठ टिम सहभागी हुने (खेल तालिका सहित)

२०७३, ७ बैशाख मंगलवार २३:०७

news khelप्रकाश धौलाकोटी/बैशाख ८, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित बसन्तपुर बजारमा बैशाख ११ गतेबाट हुने दोस्रो लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।

लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्धार बसन्तपुरमा त्यस क्षेत्रको पर्यटन प्रवर्धन र पहाडी क्षेत्रको खेलकुद विकासकालागि सन्चालन हुन लागेको गोल्ड कपको तयारी तिव्र रुपमा भइरहेको आयोजक पाथीभरा युवा सामुदायिक क्लबका अध्यक्ष मिलन थापाले बताउनुभयो ।

०५६ सालबाट सुरु भएको प्रतियोगिताको निरन्तरताकालागि स्थानीय युवाहरुको अगुवाईमा यसवर्षबाट पुनः लालीगुराँस गोल्डकपको रुपमा सन्चालन गर्न लागिएको जनाइएको छ । बसन्तपुरस्थित खेलमैदानमा बैशाख ११ गतेबाट सुरु भएर १७ गतेसम्म चल्ने गोल्ड कप फुटबल प्रतियोगितामा काठमाडौँसहित पुर्वाञ्चलका आठ टिम सहभागी हुने निश्चित भएको छ ।

news khel ptyerhathum

प्रतियोगितामा आयोजक पाथीभरा सामुदायिक युवा क्लबसहित दोर्जे गियर प्रालि, काठमाडौँ, संखुवासभा फुटबल संघ, संखुवासभा, मोरङको बेलबारी फुटबल क्लब, धनकुटाको जनजागृति युवा क्लब, हिले र सिंहदेवी युवा क्लब, सिधुवा, मोरङकै टीडब्लुवाईसी विराटनगर र तेह्रथुमको म्याङ्गलुङ नगरपालिका सहभागी हुने क्लबका महासचिव विजय सोदेम्बाले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन खेलको रुपमा जिल्ला फुटबल संघ, संखुवासभा र जनजागृति युवा क्लब हिले धनकुटाबीच बैशाख ११ गते २ बजे खेल हुनेछ । बैशाख १२ गते म्याङलुङ्ग नगरपालिका, तेह्रथुम र दोर्जे गियर प्रालि, काठमाडौँ, बैशाख १३ गते आयोजक पाथीभरा सामुदायिक युवा क्लब बसन्तपुर र टीडब्लुवाईसी विराटनगर तथा बैशाख १४ गते सिंहदेवी युवा क्लब धनबुटा र बेलबारी फुटबल क्लब मोरङबीच खेल हुने आयोजक अध्यक्ष थापाले बताउनुभयो ।

यसअघि लालीगुराँस संरक्षण व्यवस्थापन समितिले थालेको जिल्लाकै सर्वाधिक राशीको प्रतियोगिताकालागि निर्मित १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कप आयोजक पाथीभरा सामुदायिक युवा क्लबलाई हस्तातरण गरिसकेको छ । सो गोल्ड कप प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद वस्तीले एक कार्यक्रमका बीच सार्वजनिक समेत गर्नुभयो ।

खासगरी यहाँको गुराँसे बनको संरक्षण सम्बन्धी सचेतना बढाउने र पर्यटन प्रवर्धन गराउने उदेश्यले गोल्ड कप सन्चालन गर्न लागिएको क्लबका अध्यक्ष थापाले बताउनुभयो । गोल्ड कपको निरन्तरताले पर्यटकीय क्षेत्रहरु तीनजुरे मिल्के जलजले, आरआर गार्डेन, पाँच पोखरी, गुफापोखरी, मेन्छ्यायेम डाँडा, पाथीभरा लगायत क्षेत्रको पर्यटन प्रवर्धनकालागि महत्वपुर्ण योगदान गर्ने राष्टिय लालीगुराँस संरक्षण व्यवस्थापन समितिका महासचिव लक्ष्मण तिवारीले बताउनुभयो ।

प्रतियोगितामा विजयी हुनेले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित १६ ग्राम सुन र १ सय २० तोला चाँदी जडित कप र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने क्लबका महासचिव सोदेम्बाले जानकारी दिनुभयो । आयोजकले गोल्ड कपको अवधिभर ५० हजार बढी आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुने र डेढ करोड बढीको कारोवार हुने आकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते