२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

लालीगुराँस गोल्ड कपमा आठ टिम सहभागी हुने (खेल तालिका सहित)

७ बैशाख २०७३, मंगलवार २३:०७

news khelप्रकाश धौलाकोटी/बैशाख ८, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित बसन्तपुर बजारमा बैशाख ११ गतेबाट हुने दोस्रो लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।

लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्धार बसन्तपुरमा त्यस क्षेत्रको पर्यटन प्रवर्धन र पहाडी क्षेत्रको खेलकुद विकासकालागि सन्चालन हुन लागेको गोल्ड कपको तयारी तिव्र रुपमा भइरहेको आयोजक पाथीभरा युवा सामुदायिक क्लबका अध्यक्ष मिलन थापाले बताउनुभयो ।

०५६ सालबाट सुरु भएको प्रतियोगिताको निरन्तरताकालागि स्थानीय युवाहरुको अगुवाईमा यसवर्षबाट पुनः लालीगुराँस गोल्डकपको रुपमा सन्चालन गर्न लागिएको जनाइएको छ । बसन्तपुरस्थित खेलमैदानमा बैशाख ११ गतेबाट सुरु भएर १७ गतेसम्म चल्ने गोल्ड कप फुटबल प्रतियोगितामा काठमाडौँसहित पुर्वाञ्चलका आठ टिम सहभागी हुने निश्चित भएको छ ।

news khel ptyerhathum

प्रतियोगितामा आयोजक पाथीभरा सामुदायिक युवा क्लबसहित दोर्जे गियर प्रालि, काठमाडौँ, संखुवासभा फुटबल संघ, संखुवासभा, मोरङको बेलबारी फुटबल क्लब, धनकुटाको जनजागृति युवा क्लब, हिले र सिंहदेवी युवा क्लब, सिधुवा, मोरङकै टीडब्लुवाईसी विराटनगर र तेह्रथुमको म्याङ्गलुङ नगरपालिका सहभागी हुने क्लबका महासचिव विजय सोदेम्बाले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन खेलको रुपमा जिल्ला फुटबल संघ, संखुवासभा र जनजागृति युवा क्लब हिले धनकुटाबीच बैशाख ११ गते २ बजे खेल हुनेछ । बैशाख १२ गते म्याङलुङ्ग नगरपालिका, तेह्रथुम र दोर्जे गियर प्रालि, काठमाडौँ, बैशाख १३ गते आयोजक पाथीभरा सामुदायिक युवा क्लब बसन्तपुर र टीडब्लुवाईसी विराटनगर तथा बैशाख १४ गते सिंहदेवी युवा क्लब धनबुटा र बेलबारी फुटबल क्लब मोरङबीच खेल हुने आयोजक अध्यक्ष थापाले बताउनुभयो ।

यसअघि लालीगुराँस संरक्षण व्यवस्थापन समितिले थालेको जिल्लाकै सर्वाधिक राशीको प्रतियोगिताकालागि निर्मित १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कप आयोजक पाथीभरा सामुदायिक युवा क्लबलाई हस्तातरण गरिसकेको छ । सो गोल्ड कप प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद वस्तीले एक कार्यक्रमका बीच सार्वजनिक समेत गर्नुभयो ।

खासगरी यहाँको गुराँसे बनको संरक्षण सम्बन्धी सचेतना बढाउने र पर्यटन प्रवर्धन गराउने उदेश्यले गोल्ड कप सन्चालन गर्न लागिएको क्लबका अध्यक्ष थापाले बताउनुभयो । गोल्ड कपको निरन्तरताले पर्यटकीय क्षेत्रहरु तीनजुरे मिल्के जलजले, आरआर गार्डेन, पाँच पोखरी, गुफापोखरी, मेन्छ्यायेम डाँडा, पाथीभरा लगायत क्षेत्रको पर्यटन प्रवर्धनकालागि महत्वपुर्ण योगदान गर्ने राष्टिय लालीगुराँस संरक्षण व्यवस्थापन समितिका महासचिव लक्ष्मण तिवारीले बताउनुभयो ।

प्रतियोगितामा विजयी हुनेले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित १६ ग्राम सुन र १ सय २० तोला चाँदी जडित कप र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने क्लबका महासचिव सोदेम्बाले जानकारी दिनुभयो । आयोजकले गोल्ड कपको अवधिभर ५० हजार बढी आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुने र डेढ करोड बढीको कारोवार हुने आकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता