२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

समृद्ध जीवनका लागि दुई दिने सेमिनार

८ बैशाख २०७३, बुधबार १०:२७

seminar3

प्रकाश धौलाकोटी । ८ बैशाख  तेह्रथुम। तेह्रथुम सदरमुकाम म्याङलुङमा जीवन विज्ञान अन्तर्गत समृद्ध जीवन सम्बन्धी दुई दिने सेमिनार मंगलबार सम्पन्न भएको छ । जिल्ला विकाश समितिको सभाकक्षमा सन्चालित सेमिनारमा जिवनलाई समृद्ध बन्न नदिने बाधाहरु, समृद्धिका उपायहरुका बारेमा सैदान्तिक ज्ञान सहित प्रयोगात्मक अभ्यास समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जीवन विज्ञान विशेषज्ञ रमेश नेपालले हरेक मानवका लागि स्वास्थ्य, सम्बन्ध र सम्पत्ति त्रिदेव भएको बताउदै यी तीन चिजको आरधाना गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य, सम्वन्ध र सम्पत्तिको सन्तुलित अवस्था सिर्जना गर्नाले नै जीवन समृद्ध हुने बताउनुभयो । कार्यक्रममा सहभागी जिल्ला स्थित सरकारी कार्यालय, गैरसरकारी संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई जीवन विज्ञान विशेषज्ञ नेपालले योग साधनाको विधिबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै विशेष अतिथि तथा प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद वस्तीले विकास निर्माणको काम गर्ने जिल्ला विकास समितिले तेह्रथुमको मानव पुँजी निमांण गर्नको लागि आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै जीवन विज्ञानको विषयलाई विद्यालय शिक्षामा समेत जोडेर लान आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा गाबिस सचिवको तर्फबाट रामप्रसाद भटराई, गैरसरकारी संस्थाको तर्फ देउराली सोसाईटीका अध्यक्ष दिनेशप्रसाद खनाल, कार्यालय प्रमुखहरुको तर्फबाट जिल्ला कृषि बिकास कार्यालयका बरिष्ठ कृषि बिकास अधिकृत मनोज कुमार यादव लगायतले समृद्ध जीवन निर्माण गर्न सेमिनार अत्यन्तै फलदायी भएको धारणा राखेका थिए । जिल्ला विकास समितिले आयोजना गरेको कार्यक्रम जीवन विज्ञान विशेषज्ञ रमेश नेपालको प्रमुख आथित्यता तथा स्थानीय बिकास अधिकारी प्रल्हादकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता