१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेलिकोप्टरबाट काठमाडौँ पुर्याएकी सुत्केरीलाई बचाउन सकिएन

२६ मंसिर २०७४, मंगलवार १३:११

दलसिंह गिरी/मंसिर २६, काकिोट । जिल्ला अस्पताल कालीकोटमा शल्यक्रिया गरी सुतकेरी गराइएकी चन्द्रा शाहीको निधन भएको छ । 

खाँडाचक्र नगरपालिका–१ की चन्द्रा शाहीलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएकी शाहीको सोमबार राती शल्यक्रिया गरी बच्चा निकालेपछि उनलाई अत्याधिक रक्तश्राप भए पछि थप उपचारका लागि हेलिकोप्टर चार्टर गरी मंगलबार बिहान काठमाडौ लगिएको थियो  । 

काठमाडौं अस्पतालमा पुर्याए लगत्तै सुत्केरीको मृत्यु भएको मृतक शाहीका आफन्त धिरेन्द्रबहादुर शाहीले बताए । ‘राती नै हेलिकप्टर ल्याएर उपचार गर्न सकिएन्’ उनले भने, ‘बिहान मौसम खराबीका कारणले हेलिकप्टर ढिला भयो । काठमाडौं पुर्याए लगत्तै मृत्यु भयो ।’ 


सोमबार राती अप्रेसन गरेर छोरा जन्मिएपछि शाहीको अत्याधिक रक्तश्राव भएका कारणले हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला अस्पताल कालिकोटका डा. कौशल अलिले बताए । ‘अवस्था निकै जटिल थियो । राती अप्रेशन गरेर बच्चा निकालियो’ उनले भने, ‘रक्तश्राव अत्यधिक भएपछि हेलिकप्टरमार्फत थप उपचारका काठमाडौं पठाइएको हो ।’

सुत्केरी शाहीको मृत्यु भएपनि जन्मिएको बच्चा स्वस्थ्य रहेको जिल्ला अस्पताल कालिकोटका डा. अलिले बताए । ‘गर्भवती भएको ४२ हप्ता पुग्दा पनि सुत्केरी व्यथा नलागेको र औषधि प्रयोग गरी सुत्केरी व्यथा लगाउँदा पाठेघरको मुख खुल्दा पनि बच्चा नजन्मिए पछि अप्रेशन गरी बच्चा जन्माईएको हो’ उनले भने, ‘पाठेघर च्यात्तिएर अत्याधिक रक्तश्राव भएर केश जटिल भएपछि नेपाल सरकारको लगानीमा हेलिकप्टर चार्टर गरेर रिफर गरिए हो ।’

जिल्ला अस्पताल कालिकोटबाट यस आर्थिक बर्षमा १ सय ६३ जना महिला जिल्ला अस्पतालमा सुत्केरी हुन आएका मध्ये तीन जना सुत्केरीलाई हेलिकप्टर चार्टर गरेर जिल्ला अस्पतालबाट र १ जना गाडीबाट गरी ४ जना रिफर गरिएको जिल्ला अस्पताल कालिकोट जनाएको छ । 

जसमध्ये रिफर गरिएका एक जना महिलाको बाटोमा मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ