२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

नेपाल पत्रकार महासघं रोल्पाले १० औ स्थापना दिवस आज भब्यताका साथ मनाउदै

२०७२, १६ मंसिर बुधबार ०२:३३

जीवन डाँगी/मङ्सिर १६, रोल्पा । नेपाल पत्रकार महासंघ रोल्पाले आफ्नो १० औ स्थापना दिवसको अवसरमा आज एक भब्य कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल पत्रकार महासंघ रोल्पाकी सचिब ईश्वरी जी.एम.का अनुसार बिहान १०:३० बजे लिबाङ टुडिखेलबाट ¥याली सुरु गरी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्टद्धारा महासंघको नवनिर्मित भवनलाई उद्घाटन गरेर रोल्पा उद्योग वाणिज्य संघको हलमा औपचारिक कार्यक्रम सुरु हुनेछ ।

कार्यक्रममा महासंघको १ दशक नामक पुस्तकको विमोचन गरीनुका साथै नेपाल पत्रकार महासंघ रोल्पाका १६ जना संस्थापक साधारण सदस्य तथा कार्यसमितिलाई सम्मान गर्ने कार्यक्रमम समेत रहेको बताईएको छ ।

२०६१ साल पौष १४ गते गठन गरिएको नेपाल पत्रकार महासंघ रोल्पालाई महासंघ केन्द्रको २०६२ मंसिर १५ र १६ गते बसेको बैठकले मान्यता दिएपछि रोल्पा शाखाले मंसिर १६ गतेलाई नै स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।

यसैगरी महासंघको १ दशकको सन्दर्भमा मंगलबार लिबाङ टुडिखेलमा आयोजना गरिएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा राजनैती दल÷कर्मचारीको टोलीले पत्रकार/साहित्यकारको टोलीलाई १ को बिरुद्ध ३ गोलले हराएका थिए ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले उद्घाटन गर्नुभएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा दर्शकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । विजेता समुहलाई आजको कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र दिईने आयोजकले जनाएको छ ।

महासंघ १ दशक पुगेको अवसरमा हिजो बेलुकी नेपाल पत्रकार महासंघको नवनिर्मित भवन र जिल्लाका सबै सञ्चारमाध्ययमहरुमा सञ्चारकर्मीहरुको टोलीले दिप प्रज्वलन समेत गरेको थियो ।

महासंघको आज हुने कार्यक्रमलाई भब्य बनाउनका लागि जिल्ला स्थित सबै राजनैतिक दल, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, पत्रकार लगायत सबैलाई उपस्थित भईदिन महासंघकी सचिब ईश्वरी जी.एम.ले सबैमा अनुरोध समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन