२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

आगलागीमा परी एक महिलाको मृत्यु

२०७४, २८ मंसिर बिहीबार ०३:२५

मङ्सिर २८, इलाम । इलाम नगरपालिका–४ बिब्ल्याँटेस्थित एक घरमा गएराति आगलागीमा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ । 

बिब्ल्याँटेका भवीन्द्र नेपालको घरमा राति २ बजे आगलागी हुँदा उनकी श्रीमती ३० वर्षीया पवित्रा नेपाल जलेर घाइते भएकी थिइन् । इलाम अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि झापातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

रातको समयमा घरमा बालिएको टुकीबत्ती लडेर आगलागी भएको र आगो सल्केपछि भाग्नेक्रममा महिला घाइते भएको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । मृतक महिलाको शव घरमा ल्याएर राखिएको छ । 

आगलागीबाट नेपालको घर र त्यसभित्र रहेका भाडावर्तन, लत्ताकपडा, खाद्यान्नलगायतका सरसमान नष्ट हुँदा रु तीन लाखभन्दा बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घरमा लागेको आगो स्थानीय र प्रहरीको प्रयासमा एक घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन