१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज राति मिथुन उल्का वर्षा सक्रिय हुने, यसरी हेर्नुस उल्का बर्षा

२८ मंसिर २०७४, बिहीबार ०६:४६

मङ्सिर २८,काठमाडौँ । देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुने भएको छ । 

सक्रिय समयमा प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो वर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरीक्षमा छोडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किमीमाथि जलेर उल्का वर्षा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । 

यो वर्ष क्षुद्रग्रह ३२०० फेथन आफैँ पृथ्वीको नजिक रहनेछ । उल्का वर्षको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामकरण गरिएको हो । 

उल्का वर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घर नजिकैको प्रकाश प्रदूषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्वीर खिच्न सक्नेछन् । आज राति चन्द्रोदय ३ः५६ बजे र भोलि बिहान सूर्योदय ६: ४६ बजे हुने भएकाले अवलोकनका लागि राति ८:४५ देखि ३: ५६ बजेसम्मको समय अनुकूल हुनेछ । 

उल्का वर्षा हेर्नलाई कुनै दुरबिनको आवश्यकता पर्दैन । उल्का वर्षा हेर्ने उत्तम उपाय भनेको नाङ्गो आँखाले हेर्नु नै हो । उल्का वर्षा अवलोकन गर्न र क्यामेरामा कैद गर्ने प्रयासका लागि काठमाडौँमा रहेका सोसाइटीका सदस्य तथा इच्छुक व्यक्ति आज साँझ नगरकोट जाँदैछन् । 

उल्का वर्षासम्बन्धी थप जानकारीका लागि हाम्रो कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ