३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

समृद्ध जीवनका लागि दुई दिने सेमिनार

८ बैशाख २०७३, बुधबार १०:२८

seminar3प्रकाश धौलाकोटी । ८ बैशाख  तेह्रथुम। तेह्रथुम सदरमुकाम म्याङलुङमा जीवन विज्ञान अन्तर्गत समृद्ध जीवन सम्बन्धी दुई दिने सेमिनार मंगलबार सम्पन्न भएको छ । जिल्ला विकाश समितिको सभाकक्षमा सन्चालित सेमिनारमा जिवनलाई समृद्ध बन्न नदिने बाधाहरु, समृद्धिका उपायहरुका बारेमा सैदान्तिक ज्ञान सहित प्रयोगात्मक अभ्यास समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जीवन विज्ञान विशेषज्ञ रमेश नेपालले हरेक मानवका लागि स्वास्थ्य, सम्बन्ध र सम्पत्ति त्रिदेव भएको बताउदै यी तीन चिजको आरधाना गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य, सम्वन्ध र सम्पत्तिको सन्तुलित अवस्था सिर्जना गर्नाले नै जीवन समृद्ध हुने बताउनुभयो । कार्यक्रममा सहभागी जिल्ला स्थित सरकारी कार्यालय, गैरसरकारी संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई जीवन विज्ञान विशेषज्ञ नेपालले योग साधनाको विधिबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै विशेष अतिथि तथा प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद वस्तीले विकास निर्माणको काम गर्ने जिल्ला विकास समितिले तेह्रथुमको मानव पुँजी निमांण गर्नको लागि आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै जीवन विज्ञानको विषयलाई विद्यालय शिक्षामा समेत जोडेर लान आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा गाबिस सचिवको तर्फबाट रामप्रसाद भटराई, गैरसरकारी संस्थाको तर्फ देउराली सोसाईटीका अध्यक्ष दिनेशप्रसाद खनाल, कार्यालय प्रमुखहरुको तर्फबाट जिल्ला कृषि बिकास कार्यालयका बरिष्ठ कृषि बिकास अधिकृत मनोज कुमार यादव लगायतले समृद्ध जीवन निर्माण गर्न सेमिनार अत्यन्तै फलदायी भएको धारणा राखेका थिए । जिल्ला विकास समितिले आयोजना गरेको कार्यक्रम जीवन विज्ञान विशेषज्ञ रमेश नेपालको प्रमुख आथित्यता तथा स्थानीय बिकास अधिकारी प्रल्हादकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’