१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका तेह्र प्रतिशत घरधुरी आधारभूत खानेपानीको पहुँच बाहिर

२८ मंसिर २०७४, बिहीबार ०७:२९

मङ्सिर २८, बैतडी । अधिकांश खानेपानीका आयोजना जीर्ण हुँदा जिल्लामा खानेपानीको समस्या भएको छ । 

अधिकांश खानेपानी आयोजनाको समयमै मर्मत हुन नसक्दा समस्या भएको हो । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट प्राप्त विवरण अनुसार ८७.६९ प्र्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पहुँच भएकामा अधिकांश आयोजना जीर्ण भएकाले खानेपानीको समस्या बल्झिँदै गएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख मोहनबहादुर कुँवरले बताउनुभयो । 

“जिल्लामा सन् २०१४ मा भएको सर्वेक्षणअनुसार ४० प्रतिशत योजना मर्मत गर्नुपर्ने देखिएको छ ।” उहाँले भन्नुभयो, “खानेपानी आयोजना निर्माणपछि उपभोक्ता समितिलाई हस्तान्तरण गरिएकामा सो समितिले ती आयोजनाको मर्मत सम्भार नगरेकाले जीर्ण बनेका हुन् ।” 

जिल्लामा साना ठूला गरेर अहिलेसम्म एक हजार १८५ खानेपानीका आयोजना सञ्चालित भएकामा कतिपय आयोजना मर्मतका लागि थोरै रकम आउने र आयोजना धेरै भएकाले खानेपानी कार्यालयबाट मर्मतको सम्भावना कम भएकाले वर्षौं पुराना आयोजना बन्दसमेत भइसकेको योजना डिभिजन प्रमुख कुँवरले बताउनुभयो । 

“खानेपानी आयोजनालाई चुस्तदुरुस्त र दिगो बनाउने काम उपभोक्ता समितिको भए पनि ती समितिले आफ्नो भूमिका निर्वाह गर्न नसकेका हुन् ” उहाँले भन्नुभयो, “चालू आवमा ७२ वटा खानेपानीका आयोजना निर्माण भइरहेका छन् ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ