२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका तेह्र प्रतिशत घरधुरी आधारभूत खानेपानीको पहुँच बाहिर

२०७४, २८ मंसिर बिहीबार ०७:२९

मङ्सिर २८, बैतडी । अधिकांश खानेपानीका आयोजना जीर्ण हुँदा जिल्लामा खानेपानीको समस्या भएको छ । 

अधिकांश खानेपानी आयोजनाको समयमै मर्मत हुन नसक्दा समस्या भएको हो । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट प्राप्त विवरण अनुसार ८७.६९ प्र्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पहुँच भएकामा अधिकांश आयोजना जीर्ण भएकाले खानेपानीको समस्या बल्झिँदै गएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख मोहनबहादुर कुँवरले बताउनुभयो । 

“जिल्लामा सन् २०१४ मा भएको सर्वेक्षणअनुसार ४० प्रतिशत योजना मर्मत गर्नुपर्ने देखिएको छ ।” उहाँले भन्नुभयो, “खानेपानी आयोजना निर्माणपछि उपभोक्ता समितिलाई हस्तान्तरण गरिएकामा सो समितिले ती आयोजनाको मर्मत सम्भार नगरेकाले जीर्ण बनेका हुन् ।” 

जिल्लामा साना ठूला गरेर अहिलेसम्म एक हजार १८५ खानेपानीका आयोजना सञ्चालित भएकामा कतिपय आयोजना मर्मतका लागि थोरै रकम आउने र आयोजना धेरै भएकाले खानेपानी कार्यालयबाट मर्मतको सम्भावना कम भएकाले वर्षौं पुराना आयोजना बन्दसमेत भइसकेको योजना डिभिजन प्रमुख कुँवरले बताउनुभयो । 

“खानेपानी आयोजनालाई चुस्तदुरुस्त र दिगो बनाउने काम उपभोक्ता समितिको भए पनि ती समितिले आफ्नो भूमिका निर्वाह गर्न नसकेका हुन् ” उहाँले भन्नुभयो, “चालू आवमा ७२ वटा खानेपानीका आयोजना निर्माण भइरहेका छन् ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा