१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिर्गौलाको पथरी फुटाएर गरिने उपचार विधि शुरु

२९ मंसिर २०७४, शुक्रबार ०८:१०

मङ्सिर २९, ललितपुर । ललितपुरको सैंबु भैसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा मिर्गाैलाको पथरी फुटालेर गरिने उपचार विधि इएसडब्लुएल (एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी) शुरु भएको छ । 

‘एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी’ घाउ नबनाई मिर्गाैलाको पथरी फुटाएर गरिने उपचार विधि हो । 

नेपाल मेडिसिटी अस्पतालले ल्याएको विश्व बजारको सबैभन्दा पछिल्लो र अत्याधुनिक डोनियर कम्पनीको सिग्मा कम्प्याक्ट मेसिन हाल नेपालमा प्रयोगमा रहेका अन्य इएसडब्लुएल मसिनको तुलनामा पथरी फुटाउने क्षमता बढिरहेको छ । 

अत्याधुनिक यस मिसिनको प्रयोगबाट मिर्गाैलाको पथरी फुटाउँदा अन्य मेसिनभन्दा बिरामीलाई दुखाई कम हुने, मिर्गाैलामा पनि कम चोट लाग्ने र विकीरणले पु¥याउने हानीसमेत कम हुने नेपाल मेडिसिटी अस्पतालका युरोलोजी विभागका प्रमुख डा महेशबहादुर अधिकारीले जानकारी दिनुभएको छ । 

मेडिसिटीले ल्याएको विश्वस्तरीय इएसडब्लुएल मेसिनको बारेमा जानकारी दिँदै उहाँले भन्नुभयो, ‘‘यस मेसिनमा अल्ट्रासाउन्ड र फ्लोरोस्कोपी जस्ता प्रविधि जडित भए पनि हाल बजारमा उपलब्ध रहेका अन्य सेवा प्रदायककै शुल्कको हाराहारीमा मेडिसिटीले यो उपचार सेवा प्रदान गरिरहेको ।’’ 

नेपाल मेडिसिटी गैह्रआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको लगानीमा विदेशी नागरिकलाई समेत स्वास्थ्य उपचारमा आकर्षित गर्ने उद्देश्यसहित सञ्चालित अन्तर्राष्ट्रियस्तरको अस्पताल हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ