२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका एचआइभी संक्रमित बालबालिका समस्यामा

२०७४, २९ मंसिर शुक्रबार ०९:०६

मङ्सिर २९, बैतडी । बैतडीमा एचआइभी संक्रमित बालबालिका समस्यामा परेका छन् । 

शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच पुग्न नसकेकाले उनीहरु समस्यामा पर्ने गरेको एचआइभी क्षेत्रमा कार्यरत संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक लोकेन्द्र पन्तले बताउनुभयो । 

जिल्लामा १९ बालबालिका एचआइभी संक्रमित देखिएका छन्, उहाँले भन्नुभयो– “तीमध्ये अधिकांशले अभिभावक गुमाइसकेका छन् ।” कतिपयले आमा र बुबा दुइटै गुमाइसकेका छन् भने धेरैले आमा वा बुबामध्ये एकजना गुमाइसकेका छन् । त्यस्ता संक्रमित बालबालिकाका लागि राज्यले कुनै प्रकारका प्रभावकारी कार्यक्रम ल्याउन नसकेकाले पनि उनीहरु समस्यामा पर्ने गरेको छ । 

संक्रमित बालबालिकालाई अहिले बहुउद्देश्यीय विकास समाज डडेल्धुराले मासिक एक हजारका दरले छात्रवृत्ति र औषधिको व्यवस्था गर्दै आएको भए पनि १८ वर्ष माथिकालाई भने कुनै सहयोग नभएको पन्तले जानकारी दिनुभयो । 

एचआइभी संक्रमित बालबालिकालाई औषधिसँगसँगै पोषणको आवश्यकता पर्ने भएकाले उनीहरुमा कुपोषणको समस्या देखिएको उहाँले बताउनुभयो । 

संक्रमित खुलेर बाहिर आउन सकेका छैनन् 

एचआइभी संक्रमित अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् । समाजमा हुने भेदभावले एचआइभी संक्रमित बाहिर आउन नसकेको यो क्षेत्रमा कार्यरत संघसंस्थाले बताएका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म २०९ जना एचआइभी संक्रमित छन् । तीमध्ये १०६ पुरुष र १०३ महिला छन् । संक्रमितमध्ये २७ जना १८ वर्ष मुनिका बालबालिका छन् । एक सय चार जना संक्रमितले मात्रै उपचारमा रहेका छन् । 

२०६४ सालदेखि अहिलेसम्म एचआइभी एड्सबाट ३१ जनाले ज्यान गइसकेको छन् । समाज हुने विभेदका कारण अझै पनि संक्रमित खुलेर बाहिर आउन नसकेकाले एचआइभी संक्रमितको संख्या अझै बढी हुन सक्ने अनुमान कार्यक्रम संयोजक पन्तले बताउनुभयो । 

जिल्ला अस्पतालमा एचआइभी सक्रंमितका लागि एआरटी सेन्टर भएकाले उनीहरु नियमित आएर औषधि सेवन गरिरहेको बताइएको छ । बैतडीमा अझै पनि एचआइभी संक्रमितलाई हेर्ने दृटिकोण नराम्रो रहेकाले उनीहरु लुकेर बस्न बाध्य हुने गरेका छन् । एचआइभी संक्रमित नराम्रो क्रियाकलापले मात्रै लाग्ने ग्रामीणस्तरका नागरिकका सोचले उनीहरुलाई हेर्ने दृष्टिकोण नराम्रो हुँदा नियमित औषधि सेवन नगर्ने र लुकेर बस्ने गरेको एचआइभी एड्सको क्षेत्रमा काम गर्नेहरुले बताएका छन् । 

पश्चिम क्षेत्रमा बढी संक्रमित रहेको पाइएको छ । यस क्षेत्रबाट रोजगारीका सिलसिलामा भारत जाने र त्यहाँबाट फर्किंदा एचआइभी लिएर आउने गरेको बहुउद्देश्यीय विकास समाज बैतडीका कार्यक्रम संयोजक लोकेन्द्रप्रसाद पन्तले बताउनुभयो । 

असुरक्षित यौनसम्पर्क, संक्रमित रगत, संक्रमित सुई सिरिन्ज तथा छाला छेड्ने औजार र संक्रमित आमाबाट बच्चामा एचआइभी सर्न सक्छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा