१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका एचआइभी संक्रमित बालबालिका समस्यामा

२९ मंसिर २०७४, शुक्रबार ०९:०६

मङ्सिर २९, बैतडी । बैतडीमा एचआइभी संक्रमित बालबालिका समस्यामा परेका छन् । 

शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच पुग्न नसकेकाले उनीहरु समस्यामा पर्ने गरेको एचआइभी क्षेत्रमा कार्यरत संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक लोकेन्द्र पन्तले बताउनुभयो । 

जिल्लामा १९ बालबालिका एचआइभी संक्रमित देखिएका छन्, उहाँले भन्नुभयो– “तीमध्ये अधिकांशले अभिभावक गुमाइसकेका छन् ।” कतिपयले आमा र बुबा दुइटै गुमाइसकेका छन् भने धेरैले आमा वा बुबामध्ये एकजना गुमाइसकेका छन् । त्यस्ता संक्रमित बालबालिकाका लागि राज्यले कुनै प्रकारका प्रभावकारी कार्यक्रम ल्याउन नसकेकाले पनि उनीहरु समस्यामा पर्ने गरेको छ । 

संक्रमित बालबालिकालाई अहिले बहुउद्देश्यीय विकास समाज डडेल्धुराले मासिक एक हजारका दरले छात्रवृत्ति र औषधिको व्यवस्था गर्दै आएको भए पनि १८ वर्ष माथिकालाई भने कुनै सहयोग नभएको पन्तले जानकारी दिनुभयो । 

एचआइभी संक्रमित बालबालिकालाई औषधिसँगसँगै पोषणको आवश्यकता पर्ने भएकाले उनीहरुमा कुपोषणको समस्या देखिएको उहाँले बताउनुभयो । 

संक्रमित खुलेर बाहिर आउन सकेका छैनन् 

एचआइभी संक्रमित अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् । समाजमा हुने भेदभावले एचआइभी संक्रमित बाहिर आउन नसकेको यो क्षेत्रमा कार्यरत संघसंस्थाले बताएका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म २०९ जना एचआइभी संक्रमित छन् । तीमध्ये १०६ पुरुष र १०३ महिला छन् । संक्रमितमध्ये २७ जना १८ वर्ष मुनिका बालबालिका छन् । एक सय चार जना संक्रमितले मात्रै उपचारमा रहेका छन् । 

२०६४ सालदेखि अहिलेसम्म एचआइभी एड्सबाट ३१ जनाले ज्यान गइसकेको छन् । समाज हुने विभेदका कारण अझै पनि संक्रमित खुलेर बाहिर आउन नसकेकाले एचआइभी संक्रमितको संख्या अझै बढी हुन सक्ने अनुमान कार्यक्रम संयोजक पन्तले बताउनुभयो । 

जिल्ला अस्पतालमा एचआइभी सक्रंमितका लागि एआरटी सेन्टर भएकाले उनीहरु नियमित आएर औषधि सेवन गरिरहेको बताइएको छ । बैतडीमा अझै पनि एचआइभी संक्रमितलाई हेर्ने दृटिकोण नराम्रो रहेकाले उनीहरु लुकेर बस्न बाध्य हुने गरेका छन् । एचआइभी संक्रमित नराम्रो क्रियाकलापले मात्रै लाग्ने ग्रामीणस्तरका नागरिकका सोचले उनीहरुलाई हेर्ने दृष्टिकोण नराम्रो हुँदा नियमित औषधि सेवन नगर्ने र लुकेर बस्ने गरेको एचआइभी एड्सको क्षेत्रमा काम गर्नेहरुले बताएका छन् । 

पश्चिम क्षेत्रमा बढी संक्रमित रहेको पाइएको छ । यस क्षेत्रबाट रोजगारीका सिलसिलामा भारत जाने र त्यहाँबाट फर्किंदा एचआइभी लिएर आउने गरेको बहुउद्देश्यीय विकास समाज बैतडीका कार्यक्रम संयोजक लोकेन्द्रप्रसाद पन्तले बताउनुभयो । 

असुरक्षित यौनसम्पर्क, संक्रमित रगत, संक्रमित सुई सिरिन्ज तथा छाला छेड्ने औजार र संक्रमित आमाबाट बच्चामा एचआइभी सर्न सक्छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ