४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

४२ परिवारले लिए रातो कार्ड

८ बैशाख २०७३, बुधबार २१:१४

प्रकाश धौलाकोटी/ बैशाख ९, तेह्रथुम । गतवर्ष १२ र २९ बैशाखमा गएको भुकम्पबाट क्षति पुगेका जिल्लाका ४२ घर परिवारले भुकम्पबाट पुर्ण क्षति पुगेको रातो कार्ड (परिचय पत्र) लिएका छन् । भुकम्पबाट पुर्ण क्षति पुगेका र आंशिक क्षति पुगेकामध्ये घर भत्काएर आउनेलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले पुर्ण क्षतिको प्रमाण स्वरुप रातो कार्ड र जस्तापाता खरिदकालागि प्रति परिवार नगद रु.१५ हजार रुपैयाँ उपलब्ध गराएको हो ।

तोकिएको समयावधिभित्र भुकम्पबाट क्षति भएका जोखिमयुक्त घर भत्काई पुनः निर्माण गर्ने प्रतिवद्धतासहित आएका ४२ घर परिवारलाई जस्तापाता बापतको नगदसहित रातो कार्ड वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । केन्द्रिय दैवी प्रकोप उद्धार समितिको निर्देशन बमोजिम बुधबार बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले पुनः पुर्ण क्षतिको सुचीमा प्रमाणित भई घर भत्काएर आएका अन्य १६ घर परिवारलाई समेत पुर्ण क्षति भएकाको सुचीमा थप गरेको छ ।

बैठकले थप गरिएका ती १६ परिवारलाई पनि जस्तापाता वापतको रकम र रातो कार्ड दिन सिफारिस गरेको सप्रजिअ ज्ञवालीले बताए । भुकम्पबाट आंशिक क्षति पुगेका जिल्लाका दुई सय बढी परिवारले प्रतिपरिवार नगद ५ हजार रुपैयाँसम्म राहत रकम पाएका छन् । समितिको बैठकले ०७२ सालमा गएको भुकम्पबाट भएको क्षति, राहत वितरण र हाल सम्म भएका गतिविधिको समीक्षा गर्दै ०७३ मा पुनः त्यस्तो जोखिमबाट सचेत गराउन विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्ने निर्णय समेत गरेको छ ।

समितिको बैठकले बैशाख १२ गतेलाई भुकम्प दिवसको रुपमा मनाउने तथा सो दिन दिउँसो ११ बजे सचेतनामुलक र्यालीले सदरमुकाम म्याङलुङबजार परिक्रमा गरी मुख्य चौकमा गतवर्ष महाभुकम्प गएको समय ११ ः ५६ बजे भुकम्पबाट मृत्यु भएकाहरुप्रति श्रदान्जली अर्पण गर्दै मौनधारण गर्ने कार्यक्रम तय गरेको हो ।

दैवी प्रकोप उद्धार समितिले जिल्लामा भइरहेका आगलागीका घटनाको नियन्त्रणकालागि सबै पक्ष सक्रिय हुन आग्रह गरेको छ । समितिले दमकल नभएको लालीगुराँस नगरपालिकालाई दमकल खरिद प्रक्रिया अघि बढाउन र दमकल किनिसकेको म्याङलुङ नगरपालिकालाई २४ सैँ घण्टा स्ट्याण्ड बाई राख्न निर्देशन दिएको छ ।

केही साताअघि लालीगुराँस नगरपालिका–१०, सोल्माकी यमकुमारी मगरको गोठमा भएको आगलागीबाट ज्यान गुमाएका साढे दुई बर्षका बालक शुसान्त मगर र आगलागीमा घाइते भई उपचारको क्रममा मृत्यु भएका दुई वर्षीय मणी श्रेष्ठको अन्तिम संस्कार खर्च स्वरुप प्रति व्यक्ति ४०–४० हजार र आगलागी भएवापतको राहत रु. ५ हजार रुपैयाँ उपलब्ध गराउने समेत समतिले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’