१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा ‘सुन्तला जोन कार्यक्रम’ शुरु

१ पुष २०७४, शनिबार ११:३३

पुस १, नवलपरासी । नवलपरासीको पहाडी क्षेत्रमा सुन्तलाखेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘सुन्तला जोन कार्यक्रम’ शुरु भएको छ । 

कृर्षि मन्त्रायद्वारा यस वर्षबाट नवलपरासीको (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत पहाडी क्षेत्रलाई लक्षित गरी सुन्तला खेतीलाई प्रवद्र्धन गर्न यो कार्यक्रम शुरु भएको हो । 

कार्यक्रमअन्तर्गत सुन्तलाको खेती गर्ने किसानलाई बीउबिजन अनुदान र मेसिनरी औजार अनुदानलगायतका सेवा उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालयका प्रमुख तेजनारायण गैरेले जानकारी दिनुभयो । 

यसैबीच नवलपरासीका पहाडी भेगका सुन्तला खेती गर्ने कृषकले यस वर्ष सुन्तलाखेतीबाट मनग्य आम्दानी गरेका छन् । प्रति बोटबाट सरदर रु एक हजारंका दरले सुन्तला बिक्री गरेको यहाँका कृषकले बताएका छन् । 

नवलपरासीको पूर्वपहाडी भेगअन्तर्गत साविक १७ गाविसमा सुन्तला खेती गरिन्छ । जसमध्ये सुन्तला खेतीका लागि बुङदीकाली र बुलिङटार क्षेत्रलाई पकेट क्षेत्रका रुपमा मानिन्छ । 

यसबाहेक जौबारी, रुचाङ धुर्कोट र विजयी त्रिवेणीलगायतका क्षेत्रमा पनि सुन्तला खेती राम्रो हुने गर्दछ । अहिले नवलपरासीको पहाडका हरेक गाउँमा कृषि सडक पुगेपछि कृषकलाई आफूले उत्पादन गरेको सुन्तला बजारसम्म ल्याउन नपर्ने र व्यापारी गाउँगाउँमा आएर सुन्तला किन्ने गरेको किसानको भनाइ छ । 

सुन्ताला बिक्री गरेवापत प्रतिकेजी करिब रु ६० देखि ७० सम्म किसानले पाउने गरेका छन् । नेपालमा प्रशस्त सुन्तला उत्पादन नहुने र मागअनुसारको उत्पादन नभएर भारतबाट समेत ल्याएर माग पूरा गर्नुपर्ने हुँदा सुन्तला बिक्रीका लागि त्यति गाह्रो नभएको किसानको भनाइ छ । 

नवलपरासीको पहाडी क्षेत्रमा उत्पादित सुन्तला नवलपरासीसहित बुटवल, पोखरालगायतका स्थानमा राम्रो बजार पाएको पाइन्छ । नवलपरासीको पहाडी क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब एक हजार घरपरिवार सुन्तला खेतीमा आश्रित छन् । 

नवलपरासीमा यस वर्ष १२० हेक्टर क्षेत्रफलमा ३५४ मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ