२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

नक्कली लुटपाटका योजनाकार इलामबाट पक्राउ

२ पुष २०७४, आईतवार १५:४४

पुस २, इलाम (रासस) | इलाममा बेवारिसे हतियार फेला परेको केही दिन बित्न नपाउँदै सोही घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–१ बस्ने ३२ वर्षीय राजबहादुर तामाङ, फिदिम नगरपालिका–१० बस्ने ३३ वर्षीय भयप्रसाद विक, पाँचथर फालेलुङ गाउँपालिका–८ बस्ने ५४ वर्षीय महेन्द्रकुमार दर्जी, फाल्गुनन्द गाउँपालिका–४ का ४४ वर्षीय रुद्रकुमार नेम्वाङ र फाल्गुनन्द गाउँपालिका–६ का ६० वर्षीय योगेन्द्रप्रसाद आङ्दम्बे रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय, इलामले आज पत्रकारसम्मेलन गर्दै घटना सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा पक्राउ पर्नेहरुका साथबाट रु ९० लाख १० हजार रकमसमेत बरामद गरिएको इलामका प्रहरी प्रमुख विपिन कर्माचार्र्यले जानकारी दिनुभयो । 

सोही घटनामा संलग्न विर्तामोडका योगेश राईलाई पनि झापा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर अनुसन्धान भइरहेको इलामका प्रहरी प्रमुख कर्माचार्यले जानकारी दिनुभयो । 

मंसिर २५ गते राति इलामको तिल्केनीमा भएको लुटपाटको घटना सार्वजनिक भएको थियो । प्रहरीको अनुसन्धानबाट उक्त लुटपाट भनिएको घटना नक्कली भएको खुल्न आएको छ । लुटपाटका योजनाकार राजबहादुरले योजनाबद्ध तरिकाले सो घटना घटाएको पनि अनुसन्धानमा खुलेको बताइएको छ । 

योजनाकार तामाङले प्रहरीसमक्ष आफूसँग बहुमूल्य रत्न छ भनी पाँचथरका राजेन्द्र रिजाल, तारा भट्टराई र डिल्ली ढुंगानालाई रत्नको मूल्य धेरै पर्ने तर तपाईंलाई सस्तोमा दिने भन्दै नगद रु दुई करोड ५७ लाख ५८ हजार र ६० लाख मूल्य पर्ने जग्गा ठगेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको थियो । सो रकम लुटिएको देखाउनलाई सो घटनाको योजना गरेको पनि खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य