२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सर्पको विष झार्ने नवलपरासीका चर्चित पूर्व सैनिक

२०७४, ४ पुष मंगलवार ०३:३३

पुस ३, नवलपरासी । यहाँका एक सामान्य व्यक्ति विषालु सर्पले डसेका बिरामीलाई घरेलु पद्धतिबाट सफल उपचार सेवा प्रदान गर्दै आउनुभएको छ । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट–१३ सिखरौली निवासी डम्बरबहादुर थापा सर्पदंशित बिरामीलाई घरेलु उपचार पद्धतिबाट निको पार्दै यहाँ चर्चित बन्नुभएको छ । थापा भारतीय सेनाका पूर्व कर्मचारीसमेत हुनुहुन्छ । 

विसं २०५४ देखि आफ्नै घरमा सो सेवा दिँदै आउनुभएका थापाले हालसम्म सर्पले डसेका करिब २०० भन्दा बढी बिरामीलाई कुशलतापूर्वक सफल उपचार सेवा दिइसक्नुभएको छ । 

भारतीय सेनामा रहँदा चिकित्सा तालीम र आयुर्वेदमा उपवैद्य तालीम लिई प्राप्त ज्ञानलाई आफूले उपयोग गरेको थापाको भनाइ छ । 

सेवा प्रदान गर्दै आएका थापाको भनाइ छ । विषालु सर्पले लिन लागेको जीवन निःशुल्क रुपमा बचाउँदा आफूलाई आनन्दको महसुस हुने ६३ वर्षीय थापाको भनाइ छ । 

सामान्य घरेलु उपचार पद्धतिबाट हालसम्म आफूसँग आएका सबै बिरामीलाई सफल उपचार गराउँदै आएको थापाको जिकिर छ । 

आफ्नो कामबारे प्रचारप्रसार गरिदिन राष्ट्रिय समाचार समिति (रासस) जिल्ला सम्पर्क कार्यालय नवलपरासी आइपुग्नुभएका थापाले यसबारे सबैलाई जानकारी प्रदान गरी सहयोग गर्न आग्रह गर्नुभयो । 

थापाको मोबाइल नं ९८०४४९१९४१ छ । आफ्नो यस प्रकारको सीपबारे नेपाल सरकारलाई समेत अवगत हुनुपर्ने थापाको तर्क छ । “आजसम्म मसँग सबै विषालु सर्पले टोकेर आएका मकहाँ आएका सबै बिरामीलाई मैले शतप्रतिशत निको बनाएको छु”, थापाले भन्नुभयो । पुरुषोत्तम सुवेदी/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा