२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

सचिबको पदपुर्ती नहुदा सर्वसाधारणलाइ सास्ती

२०७२, २४ कार्तिक मंगलवार ०३:३०

सलिम अन्सारी/ कात्तिक २४, प्यूठान । एउटै गाबिस सचिवले दुइ तिन वटा सम्म गाउँ विकास समितीको काम गर्नुपर्दा सचिबहरुलाइ समस्या भएको छ। प्यूठानका बिभिन्न आठ गाबिसमा सचिवको पदपुर्ती हुन नसक्दा सर्वसाधारण नागरिकले समेत उस्तै सास्ती ब्यहोर्नु परेको छ ।

गाबिसको वजेट रकम पनी बढदै जानु र जनप्रतिनिधीको अभावमा गाबिस सचिबको जिम्मेबारी पनी थपिदैँ जानुले कार्यालयको दैनिक कामकाजमा समस्या उत्पन्न भएको हो। स्थानिय निकायमा जनप्रतिनिधी नभएको अवस्थामा सवै काम गर्दै आएका सचिवलाइ भ्याइनभ्याइ छ।

एउटै गाविस सचिबले दुइ तिन ओटा सम्म गाबिसको कार्यसम्पादन गर्नुपर्दा सेवाग्राहि मर्कामा परेका हुन। एक गाबिसमा रहेका सचिव एकैछिनमा अर्को गाबिसमा पुग्नुपर्ने हुँदा स्थानिय बासिन्दा र सेवाग्राहिलाइ सचिब खोज्दै दिन वित्ने गरेको स्थानियहरु वताउँछन। सचिब कुन बेला आउँछन थाह नै हुँदैन,सेवाग्राहि नमे सोमैले भने यता सचिवहरुलाइ लेखा देखी प्रशासन जनप्रतिनिधी देखी योजनाका काम अनुगमन तथा पन्जिका अधिकारी समेतको काम गर्नुपर्दा समस्या हुने गरेको सम्बन्धित सचिबहरुले बताए। उहि सेवा र सुबिधामा एउटै सचिवले दुइ तिन वटा सम्म गाबिसको काम भ्याउनुपर्दा सेवा प्रभावकारी हुन नसकेको र्हसपुर गाविस सचिव मुक्ती खनालले बताए।

नागरिकता सिफारित नाता प्रमाणित बिवाहदर्ता जन्म मृत्यूदर्ता लगायतका स्थानिय स्तरमा हुने घटनादर्ता गर्न गाउँमा धाउनुपर्ने र बिकासे योजनाको बजेट निकासा दिने चेकमा हस्ताक्षर गराउन सदरमुकाम धाउनुपर्ने समस्याले त झन सचिबहरुलाइ काम गर्न कठिनाइ भएको उनले बताए। गाबिसमा जनप्रतिनिधी नभएकाले गाबिसको बैकँ खाता सचिव र जिविसका योजना अधिकृत लेखा अधिकृतहरुको सँयुक हस्ताक्षर चल्ने भएकाले एउटा चेकमा पनी हस्ताक्षर गराउन सदरमुकाम धाउनुपर्ने अबस्था कायमै रहेको छ। सदरमुकाम पुग्न झन्डै एकदिन लाग्ने गाबिस सचिवलाइ त झन समस्या हुने गरेको छ।

सचिबहरुले दुइ देखी तिन गाबिसको काम एक्लै हेर्नुपर्ने चेकमा हरुताक्षर गराउन जिल्ला सदरमुकाम धाउनुपर्ने र गाउघरमा हुने सामान्य झै झगडाको मुद्दा समेत आफैले हेर्नुपर्ने भएकाले सचिवहरुलाइ असजिलो भएको बताएका छन। एक नगरपालिका सहित ४१ ओटा गाविस रहेको प्यूठान जिल्लामा आठ ओटा गाविसमा सचिवको पदपुर्ती हुन सकेको छैन। सरकारले स्वइच्छिक अवकाश कार्यक्रम ल्यायपछी र जागिरको सेवा अबधि सकिय पछी ति कोटा खाली भएको र गाविसमा पदपुर्ती गर्न नसकिएको जिविस श्रोतले बतायो ।

जिबिसका अनुसार जिल्लाका दुइ तिन जना गाबिस सचिब रवाना लिइ जान लागेको जान लागेको र ति गाविसमा पनी पद रिक्त रहने स्थिती देखिएको छ। कोटा पुर्ती गर्न लोकसेवा आयोगमा माग गरिएको स्थानिय बिकास अधिकारी शिव प्रशाद रेग्मिले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु