१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नौ घण्टापछि ग्यास उद्योगको आगो नियन्त्रणमा

५ पुष २०७४, बुधबार १२:३९

पुस ५, पर्सा (रासस) | सुपर ग्यास प्रालि उद्योगमा लागेको आगो नौ घण्टापछि नियन्त्रणमा आएको छ । 

वीरगञ्ज उपमहानगरपालिकाको वडा नं २३ सुगौली विर्तामा रहेको सुपर ग्यासमा आज बिहान ६ बजेदेखि लागेको आगो अपराह्न २ बजे मात्रै नियन्त्रणमा लिन सकिएको हो । 

स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपालको विभिन्न जिल्ला तथा सीमावर्ती भारतीय सहर रक्सौलबाट आएका बारुणयन्त्रको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिनुभयो । 

उहाँले फायर एक्स्टिंग्युजरको सहयोगमा स्थानीय बासिन्दाले उद्योगभित्र रहेका ग्यास बुलेटको आगो निभाएपछि बाँकी स्थानमा लागेको आगोलाई अमलेखगञ्ज तथा रक्सौलबाट आएका रसायनयुक्त बारुणयन्त्रको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको बताउनुभयो । 

उहाँका अनुसार ग्यास उद्योग नजिकैको खेतबाट दुई व्यक्तिको शव फेला परेकोे छ र मृतकको परिचय खुल्न सकेको छैन । 

वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्रका दुई जना कर्मचारी सम्पर्कविहीन भए पनि मृतक उनीहरु नै भएको भन्ने यकिनका साथ भन्न नसकिने उहाँले बताउनुभयो । 

आगलागीबाट उद्योगमा भएको क्षतिको विवरण तत्काल यकिन गर्न नसकिएको स्थानीय प्रशासनले जनाएको छ । 

उद्योगका लागि भारतबाट आयात गरिएको खाना पकाउने एलपिजी ग्यास अनलोड गर्ने क्रममा ग्यास चुहिएको र सोही ग्यासलाई नियन्त्रण गर्न घटनास्थल पुगेको बारुणयन्त्रको इञ्जिनबाट आगो सल्की आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको स्थानीय प्रशासनले जनाएको छ । 

आगो निभाउन पुगेको बारुणयन्त्रका अग्नि नियन्त्रक मधुसूदन मिश्र र यादवप्रसाद अधिकारी सम्पर्कविहीन रहेका छन् भने उक्त घटनामा परी बारुणयन्त्रका चालक अरुणकुमार महतो र अग्नि नियन्त्रक संजीव नेपाल गम्भीर घाइते भएका छन् । 

घाइते दुवै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको र उनीहरुको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले बताएको छ । 

आज बिहान ४:३० बजेको समयमा उद्योगका कर्मचारीले भारतबाट ल्याइएको खाना पकाउने ग्यासलाई उद्योगको मूल भण्डारण गर्ने ट्यांकीमा अनलोड गर्ने क्रममा ग्यास चुहिएको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ