३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

चौकीलाई एक व्यक्तिद्धारा एक लाख रुपैयाँ बराबरको सामाग्री निशुल्क प्रदान

९ बैशाख २०७३, बिहीबार ०६:०७

प्रकाश धौलाकोटी/ बैशाख ९, तेह्रथुम । तेह्रथुमको ईवा गाविसस्थित इलाका स्वास्थ्य चौकीलाई एक युवा समाजसेवीले प्रसुति गराउन आवश्यक पर्ने एक लाख रुपैयाँ मुल्य बराबरका सामाग्री निःशुल्क रुपमा प्रदान गरेका छन् ।

तेह्रथुमको ह्वाकु गाविसमा जन्मिएर हाल युकेमा कार्यरत चन्द्रबहादुर इङनामले इवा प्रसुती गृह तथा इलाका स्वास्थ्य चौकीमा आउने बिरामीहरुलाई लक्षित गरी एक लाख रुपैयाँ मुल्य बराबरका सामाग्रीहरु निःशुल्क उपलब्ध गराउनुभएको हो । ईङनामले स्वास्थ्य चौकीलाई बेड, सिरानी, ब्लानकेट, एमरजेन्सी लाइट, मेटर्स डसना ३–३ थान साथै एक थान टेवल र वेट मेसिन निशुल्क रुपमा प्रदान गरेको स्वास्थ्य चौकीकी निमित्त इन्चार्ज तुलसा इङनामले बताउनुभयो ।

उक्त सामाग्रीहरु बिहीबारै एक कार्यक्रमका बीच समाजसेवी इङनामका प्रतिनिधि नरेन्द्रकुमार ईङनामले स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभएको छ । जिल्लाका इलाका नं. ११ अन्तर्गत पर्ने पुर्वी ईवा, ह्वाकु र छातेढुंगा गाविसका सेवाग्राही लाभान्वित हुने सो स्वास्थ्य चौकीसँगै केही वर्ष अगाडि नै प्रसुति गृहको स्थापना भएपनि अहिलेसम्म आवश्यक बेड लगायतका सामाग्री नहुँदा समस्या हुँदै आएको थियो ।
समाजसेवी इङनामले दिएका समागी्रबाट स्वास्थ्यचौकीको दैनिक सेवाप्रवाह सँगै बुढाबुढी, केटाकेटी र प्रसुती गराउन आउने महिलाहरुलाई सजिलो हुने भएको छ । अब स्वास्थ्य चौकीमा बिरामीको चाप बढेका बेला भुँईमै बिरामी राखेर सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेर जाने स्वास्थ्य चौकीका निमित्त इन्चार्ज इङनामले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’