२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको नेपाल-भारत सीमामा संयुक्त सुरक्षा गस्ती

२०७४, ६ पुष बिहीबार ०३:४०

पुस ६, नवलपरासी । नवलपरासी पश्चिमस्थित नेपाल—भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ । 

नवलपरासीमा सीमा सुरक्षाको लागि नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका सुरक्षाकर्मीले बुधबार संयुक्त गस्ती गरेका हुन् । 

संयुक्त गस्ती टोलीले सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ । 

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट, गुठी परसौनी र सशस्त्र सीमा बल एसएसबी, झुलनीपुरले संयुक्त गस्ती गरेका थिए । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट, गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर बुढाथोकीको नेतृत्वमा रहेको गस्ती टोली र सशस्त्र सीमा बल एसएसबी, झुलनीपुरको सशस्त्र प्रहरी नायब उपरीक्षक एन चोंगलोइको नेतृत्वमा रहेको टोलीले सीमा क्षेत्रमा संयुक्त गस्ती गरेको थियो । 

सो क्रममा नेपाल—भारत सीमा क्षेत्रमा देखिएको चोरी निकासी, सुरक्षा चुनौती, सुरक्षाको दृष्टिकोणले देखिएको समस्या संयुक्तरुपमा दुवै देशका सुरक्षाकर्मी मिलेर समाधान गर्न छलफलसमेत गरिएको थियो । 

संयुक्त गस्ती टोलीमा सशस्त्र प्रहरीबाट १३ जना, सशस्त्र सीमा बल एसएसबीबाट १० जना र नेपाल प्रहरीबाट आठजना सुरक्षाकर्मीको संयुक्त सहभागिता रहेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा