२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङकि ५५ वर्षीया जौमायाको जीविका फोहोर उठाएरै चल्छ

२०७४, ६ पुष बिहीबार ०८:३५

पुस ६, बागलुङ  । तमानखोला गाउँपालिका–१ की ५५ वर्षीया जौमाया विकको जीविका फोहोर उठाएरै चलेको छ । 

विकले चार वर्षदेखि बोङ्गादोभान बजारमा संकलित फोहोर उठाएर विसर्जन गरी आम्दानी गर्दैआउनुभएको छ । पति प्रेमलाल विकको निधनपछि परिवारको खर्च धान्न जौमायाले सो काम गर्न थाल्नुभएको हो । घरधनी र व्यवसायीले उहाँलाई मासिक रु ५० का दरले पारिश्रमिक दिने गरेका छन् । 

जौमायाका १३ वर्षीय छोरा जितबहादुर र १२ वर्षीय अनिल अर्काको घरमा बसेर काम गर्छन् । “घरमा एक्लै छु, बिहान–बेलुकाको छाक टार्न धौ धौ छ”, विकले भन्नुभयो, “लालनपालन र पढाउन नसकेपछि छोराछोरी पनि अन्तै काम गर्न गएका छन् ।” 

विकको दुःख देखेर बोङ्दोभान बजारमा रहेको आमा समूहले बेला–बेला सघाउने गरेको छ । आमा समूहकै प्रयासमा फोहोर व्यवस्थापनको काम अघि बढेपछि संकलित फोहोरलाई उठाएर विर्सजन गर्न विकलाई सजिलो भएको छ । विकले फोहोर राख्ने ‘बास्केट’ र अन्यत्र संकलित फोहोरलाई डोकोमा उठाएर तमानखोलाको किनारमा लगेर जलाउने गर्नुभएको छ । 

दुई/तीन दिन बिराएर विकले बजारको फोहोर उठाउने गरेको स्थानीयवासी सूर्य सिर्पालीले बताउनुभयो । व्यवसायीले मासिक दिने रकम बढाएर रु एक सय पु¥याउने सोच बनाएको बताउनुभयो । 

स्थानीय महिलाले पनि विकको पारिश्रमिक बढाउनुपर्नेमा जोड दिएका छन् । “दुःख, विमार हुँदा त केही उपाय छैन, अहिले छाक टार्न यो रकमले पुगेकै छ”, विकले भन्नुभयो । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा