Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२० मंसिर २०८२, शुक्रबार
बर्दिया - BRD

पहिलो सन्तान छोरै पाउनुपर्ने रे !

६ पुष २०७४, बिहीबार १६:५३


     — विपना योगी 

"…अझै भन्नू पर्दा मलाई पनि सँगसँगै यी नानी त पनि ठुली भएर बिहे गरि पराई घर जानू पर्छ अनि आफ्नो परिवार र ज्वाईँलाई खुसी राख्नु पर्छ रे त्यत्ति मात्रै कहाँ होर सकेसम्म त पहिलो बच्चानै छोरा जन्मिनु पर्छ अनि पो घरमा सबैको माया पाइन्छ ।"

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान र हाम्रो सोच“ नेपालमा पनि मनाईने यो पर्वको मनाउने क्रममा मलाई लागेका र मेरो मनमा आउने तर्क वितर्कहरु हुन यी जसलाई संरचनागत रुपमा ढाल्ने प्रयास गर्दै छु १ अनि जब म बुझ्ने भए मलाई लाग्ने गरेको एउटै कुरा हो यो समाजमा नयाँ अर्को मान्छे को जन्म दिने नै महिला वाह कति महान हगि महिला यो सोच म मा तब सम्म स्थिर रह्यो जब सम्म मैले सामाजिक संरचना को बारेमा अन्जान थिए १ यत्ती सम्मकी तिमी ठुली भएर के हुने छोरी भनेर सोध्नेहरुलाई म आमा बन्ने अनि सबै लाई खुशी राख्ने भन्थे रे १


मैले सधैं देखेको मेरो दैनिकी मेरि आमाले होस वा ओल्लो घर पल्लो घरका काकी अनि बज्यैहरुले गर्ने व्यबहार नै हो जहाँ सारा घरपरिवारको इच्छा चाहना अनुसार अझै विशेष गरि छोरा र श्रीमानको स्वादमा खाना तयार गर्ने ती मेरा आदर्श ब्यक्तीहरु नै हुन अझै भन्नू पर्दा मलाई पनि संगसंगै यी नानी त पनि ठुली भएर बिहे गरि पराई घर जानू पर्छ अनि आफ्नो परिवार र जुवाइलाई खुसी राख्नु पर्छ रे त्यत्ति मात्रै कहाँ होर सकेसम्म त पहिलो बच्चानै छोरा जन्मिनु पर्छ अनि पो घरमा सबैको माया पाइन्छ । यो  छिमेकी काकिको भनाइ हो म जब जब लिङ्ग र लैंगिकताको कुरा जहाँ तहि सुन्छु मलाई त्यो बाल्यकाल को त्यो बाक्य ताजा बनेर आउँछ १ समय संगै म जब हुर्कदै गए अनि परिवार र समाजलाई चिन्ने मौका पाए अनि पो केही मात्रामा भए पनि बुझ्न् थाले पाए यो समाज र यहाँको केही विषयमा अलि अलि भए पनि बुझ्न सुरुवात गरेकि थिए १


अझै अचम्मको कुरा त के भने कोहि रगतले मोसिएर आधिरातमा दौडा दौड गर्थे अनि म सोध्न पुग्थे कि के भयो त्यो काकी लाई आमा भन्नू हुन्थ्यो उनी को बुढाले कुटेका नि के हुनु १ हिजो आज जब यो क्षेत्रमा काम गर्न थाले अनि यहाँसम्म पुग्दा जे जे भोगे अनि पो लग्यो मैले बुझेको त्यो बुझाई अनि हाम्रो सामाजिक सांस्कृतिक परिवेस आखिर के रहेछ त लैङ्गकि हिंसा  अनि हामी कहाँ काम गर्दैछौं ताकी अहिले पनि १६ दिने लैंङ्गिक हिंसाको दिवस मा पुरुष को उपस्तिथि नै छैन दुईसय महिलाहरु को प्रभातफेरिमा २ जना पुरुष को उपस्थिति छ , म आजको कुरा गर्दैछु जुन यहि बर्षको १६ दिने अभियान को तितो सत्य पो हो १ यो लेख्दै गर्दा थोरै इतिहास जोड्न मन लाग्यो तत्कालीन डोमोनिकल गणतन्त्रका तत्कालीन त्रुजिलो तानाशाही सरकारको बेला सन १९६० मा लोकतन्त्रका लागि लड्ने मिरावेल परिवारका तीन दिदिबहिनी ९प्रेटिना, मिनर्भा र मारिया० को निर्मम हत्या गरिएको थियो र त्यस्को विरोधमा त्यो बेला देखि महिला अधिकारकर्मी हरुले उक्त घटना को बिरोध गरे र त्यसैको सम्झना स्वरुप मनाउदै आएको यो अभियानलाई संयुक्त रास्ट्रसंघद्वारा आत्म साथ गर्यो र नेपालमा पनि विश्वको अन्य देसमा जस्तै यो अभियान मनाउदै आएको छ अहिले हामी २६ औं लैङ्गकि हिंसा विरुद्धको अभियानमा छौं । हामीले जहिले पनि समाचार सुन्छौं पत्रपत्रिका हेर्छौं शृङ्खलाबद्द तरिकाले लैंङ्गिक हिंसा भएको त्यसमा पनि महिला र बालिका हिंसाको सिकार भएको विभिन्न तथ्यांकहरुमा पनि हेर्दै आएका छौं यदाकदा पुरुष अनि तेस्रोलिङ्गी हरु पनि परेका छ्न् ।

यत्ति भनिरहदा सबै पुरुष पीडक भन्ने आसय पटक्कै होइन तर यहाँ शक्ति को खेल चाहिँ पक्कै भएको हो, जोसङ्ग शक्ति छ उसको अहमता को झल्को त दिएकै छ १ देश अहिले नयाँ संरचनामा गयो थुप्रै विकासका एजेन्डा बने महिलाको मुल प्रवाहिकरण को लागि नीति नियम बने खै राजनीति मा महिलाको समान सहभागीता अनि अबसर कहं गयो समावेशीकरणाको एजेन्डा अनि कुन दलले पालना गरे नितिको मैले यस्तो भन्दै गर्दा महिलामाथि हुने हिंसाको विश्लेषणात्मक प्रतिवेदन २०१७ का अनुसार ११५० हिंसा प्रभावित महिलाहरुमध्ये ६७ प्रतिशत ९७६६० महिलाहरूमाथि घरेलु हिंसा, १७प्रतिशत ९१९५जना० महिलाहरूमाथि सामाजिक हिंसा, ६प्रतिशत ९६८ जना० महिलाहरूमाथि बलात्कार, १ प्रतिशत ९१८ जना० महिलाहरूमाथि बलात्कारको प्रयास, ४ प्रतिशत ९४५ जना० महिलाहरूमाथि यौनिक हिंसा, १ प्रतिशत९४जना०महिलाहरूको हत्या, २ प्रतिशत ९२४जना० महिलाहरूको बेचबिखन, १ प्रतिशत ९७० महिलाहरुमाथि बेचविखनको प्रयास, र १ प्रतिशत महिलाहरुमाथि अन्य प्रकारको हिंसा भएको पाईएको छ । महिला माथि हुने हिंसाका कारण सबै भन्दा बढी महिलाहरुले मानसिक असर भोग्नु परेको छ । तर महिलाहरुले न्याय पाएको स्थिति भने नगन्य छ ।सामाजिक सांस्कृतिक अवस्थालाई नहेरिे परिभाषित न्यायको परिभाषाले महिलालाई न्याय गर्न सकेको स्थिति छैन । यो स्थिति हामी सामाजिक न्यायमा विश्वास गर्ने सबै नागरिकको लागि मान्य छैन ।


त्यसैले कानुनी न्यायलाई मात्र न्याय प्राप्तिको आधार नमानी आफ्नो तहमा ९स्व न्याय०, पारिवारीक तहमा, सामाजिक तहमा तथा कानुनी तहमा न्यायलाई परिभाषित गर्नु जरुरी छ । तसर्थ समुदायदेखि राष्ट्रिय स्तरसम्म संचालित हुने यो अभियानमा हामी सबैलाई आवद्ध भै ुसमाजमा रहेको संरचनात्मक बिभेदको अन्त्य गर्दै ः महिलाको न्यायमा पहुँच सुनिश्चितता गर्नु एकजुट हुन अनुरोध गर्दछौं । भन्दै अब बिचारमा होइन ब्यबहारमा परीबर्तन गर्नु पर्छ अनिमात्रै लैङ्गिक बिभेदमा आधारित हिंसामा कमि आउने छ ।

सन्दर्भ स्रोतहरु :

– दिगो बिकास लक्ष्यमा उल्लेख गरिए अनुसार

– अन्वेषी २०१७ ड्राफ्टका अनुसार

– ओरेक नेपालको बार्षिक अन्वेषी

लेखिका अरेक नेपाल बर्दिया संयोजक हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै