पढ्न करिब 2 मिनेट लाग्छ

पुस ७, रोल्पा । सुकिदह गाउँपालिको केन्द्र सुखाओढारमा निर्णय भैसकेको र उक्त गाउँपालिका भित्रका जनताले स्वीकार गरिसकेको अबस्थामा पुनः गाउँ पालिकाको केन्द्र र नाम फेर्ने बहानामा त्यहाँका जनप्रतिनिधिहरुले किचलो निम्त्याएका छन ।

तर गाउँपालिका अध्यक्ष बिर बहादुर केसी, उपाध्यक्ष रिता घर्ती र २ नं. वडाअध्यक्ष भुपाल दमाईको आन्तरिक मिलेमतोमा केन्द्र सार्ने नाममा, जग्गा ब्यापार सुरु गरेको खुलासा भएको छ ।

उनीहरुले सुखाओढारमा ठाउँ सानो भएको र फोनको सुबिधा नभएको बताउदै, वडा प्रमुख भुपाल दमाइको जग्गा सानडाँडामा सार्ने निर्णय पारित गरेका छन । उक्त जग्गा भुपालले केही समय अघि मात्र सस्तोमा खरिद गरेर किनबेच गर्ने धन्दा सुरु गरेको स्थानीयले बताए ।

भर्खरै केही दिन अघि मोहनसिंह घर्तीबाट उक्त जग्गा किनेको रहस्य खुलेको छ । श्रोतका अनुसार वडाअध्यक्ष दमाईले सानडाँडाका मोहनसिंङ घर्तीबाट रातारात ७० हजारमा जग्गा किनेर ८ लाख बराबरको मासा हालेका छन । त्यो जग्गा बिक्रि गर्दा ५० लाख बराबरको मूल्य पर्न जान्छ । अहिले त्यो जग्गा गाउँपालिका कार्यालय बनाउनका लागि सुकिदह गाउँपालिकालाई बेचेको कार्यालय श्रोतको दाबी छ ।

गाउँपालिका अध्यक्ष बिर बहादुर केसी, उपाध्यक्ष रिता घर्ती, वडाअध्यक्ष राम बहादुर वलीको सल्लाह अनुसार जग्गा किन्ने काम भएको केसी निकट श्रोत भन्छ ।

गाउँपालिका अध्यक्ष बिर बहादुर केसीले आफ्नो स्काभेटर प्रयोग गरेर गाउँपालिकाको बजेट समेत दुरुपयोग गरेको गाउँपालिकाका एक सदस्यले बताए । उनका अनुसार गाउँ गाउँमा बिना योजना बाटो खन्दै, कमाउ धन्दामा लागेको दाबी गरे ।

भोट हालेका जनताहरु पहिचान गर्दै आबस्यक नभएको ठाउमा पनि बाटोको योजना आफुखुसी बितरण गर्दै बिना समितिको आफ्नै डोजर लगाएर पैसा कमाउ धन्दामा लागेको स्थानीयहरुको पनि भनाइ रहेको छ ।

गाउँपालिका प्रमुख वीर बहादुर केसी, उपप्रमुख रिता घर्ती, वडाअध्यक्ष भुपाल दमाई र वडाअध्यक्ष राम बहादुर वली नेकपा माओबादी केन्द्रबाट बिजयी उम्मेदवारहरु हुन ।