२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोट घटना छानबिनका लागि आउने भए डिआईजी रमेश खरेल

२०७४, ८ पुष शनिबार १६:२७

दलसिंह गिरी/पुस ८, कालिकोट । प्रहरी प्रशासनमा राम्रो काम गरेको भन्दै चर्चा कमाएका डिआईजी रमेश खरेल कालिकोटका म्यादी प्रहरी विवेक ऐडी हत्याको छानविन गर्न कालिकोट आउने भएका छन् । 

म्यादी प्रहरीको तलभ कम भएको भन्दै शुक्रबार दिउसो म्यादी प्रहरीले गरेको धर्नापूर्ण आन्दोलन दबाउन प्रहरी प्रशासनले चलाएको अन्धाधुन्द गोली प्रहारमा मारिएका विबेक ऐडीको घटना छानविनका लागि डिआईजी रमेश खरेल कालिकोट आउने भएका हुन् । 


शनिवार नेपाल सरकार गृहमन्त्रालयले गरेको निर्णय अनुसार मन्त्रालयका सहसचिव मान बहादुर विश्वकर्माको संयोजकत्वमा नेपाल प्रहरीका डिआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआईजी प्रवीण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका लक्ष्मण गुरुङ सहितको छानविन टोली कालिकोट आउने भएका छन् । एक साता भित्र घटनाबारे सत्य तथ्य छानविन गरेर प्रतिवेदन तयार पार्न गृहमन्त्रालयले निर्देशन अनुसार उक्त टोली कालिकोट आउने भएको हो । 

गृह मन्त्रालयको शनिवार बसेको बैठकले मृतक म्यादी प्रहरीका परिवारलाई दस लाख रुपैयाँ दिने निर्णय गरेको छ भने उक्त घटनामा घाइते भएकाहरुलाई निस्शुल्क उपचार समेत गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते