२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिआईजी रमेश खरेल सहितको टोली छानविनमा सकृय भएसँगै कालिकोटको जनजीवन सामान्य

२०७४, १० पुष सोमबार १४:२३

दलसिंह गिरी | पुस १०, कालिकोट । म्यादी प्रहरी हत्याको घटनाको छानविनका लागि कालिकोट आएका डिआईजी रमेश खरेल सहितको छानविन टोली जिल्ला सदरमुकाम मान्म पुगे संगै कालिकोटको जनजीवन सामान्य बनेको छ । शुक्रबारदेखि तनावग्रस्त रहेको जिल्ला सदरमुकाम मान्म छानविन टोली पुगे संगै आज सोमबार जनजीवन सामान्य बनेको हो ।

स्थानीय प्रशासनले ३ दिन देखि लगाएको कफर््यु सोमबारबाट हटाएको छ । प्रहरी प्रशासनले म्यादीप्रहरीलाई दिइने सेवासुविधाको केही रकम कटौती गरी कम दिएको भन्दै धर्नामा बसेका म्यादी प्रहरीलाई गएको शुक्रबार प्रहरीले नियन्त्रणमा लिन खोज्दा दोहोरो झडप भै प्रहरीले गोली चलाउदा म्यादी प्रहरी विवेक ऐडीको ज्याएपछि आन्दोलनले उग्ररुप लिएको थियो । म्यादी प्रहरीको आन्दोलन नियन्त्रण भन्दा बाहिर गएपछि प्रशासनले ३ दिन देखि कफ्र्यू लगाएको थियो ।


प्रशासनले आज सोमबारबाट कफर्यू हटाएपछि बिहानैदेखि मान्मका पसलहरु खुलेका छन् भने बजारमा मानिसहरुको आवत जावत पनि बढेको छ । कर्णाली राजमार्गमा चल्ने सवारी साधनहरु आ–आफ्नो गन्तब्यमा गएका छन् ।

म्यादी प्रहरीको मृत्यु भएपछि सरकारले गृह मन्त्रालयका सह–सचिव मानबहादुर वि.क संयोजक, समितिका सदस्य नेपाल प्रहरीका डिआइजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआइजी प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका लक्ष्मण गुरुङ सोमबार जिल्लामा पुगेका छन् । घटनाको छानविन गर्न आएको टोलीले जिल्लामा आए लगत्तै पीडित परिवार र नागरिक समाजका प्रतिनिधीसंग छलफल गरेको छ भने राजनीतिक दल र जनप्रतिनिधिसंग पनि छलफल गरेको छ ।


सरकारले यस अघि ऐडीको परिवारलाई १० लाख क्षतिपुर्ति दिने र घाइतेको निःशुल्क उपचार गराउने निर्णय गरिसकेको छ । ऐडीका परिवारले घटनाका दोषीलाई हदैसम्मको कारवाही र मृतकलाई सहिद घोषणाको माग गर्दै मृतकको शव नबुझ्ने भन्दै जिल्ला प्रशासन कार्यालय कालीकोटको गेटमा धर्ना दिइरहेका­ छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते