२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

१८ बर्षीय अविवाहित गर्भवती युवतीलाई अलपत्र पार्नमा वडा सचिव नै सक्रिय

२०७४, ११ पुष मंगलवार ०७:०४

प्रेम सुनार/पुस ११, गुल्मी । अर्घाखाँची जिल्लामा एक जना दलित युवतीले एक जना युवाको गर्व हो भन्दै न्यायका लागि सदरमुकाम धाए पनि न्याय पाउन नसकेर अलपत्र परेकी छन् । 

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ४ खनकी १८ वर्षिया समिता बिक (नाम परिवर्तन) ८ महिनाको गर्भ सहित अलपत्र परेकी हुन् । उनले गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर २, पिपलधारा जुम्लादीका १७ वर्षिय सन्तोष बिकले आफुलाई माया प्रेम गर्दै आएको र विवाह गर्ने प्रलोभन देखाई आफुलाई गर्भधारण गराएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सन्धखर्कमा उजुरी दिएकी छन् । उनले उजुरी दिएको एक हप्ता हुँदा पनि प्रहरीबाट न्याय पाउन सकेकी छैनन् । उनका आफन्तजनले आरोपित युवाका दाजु तथा वडा सचिव कमल बिकको मिलोमोतोमा अलपत्र पार्ने षडयन्त्र भएको गुनासो गरेका छन् ।

वडा सचिव बिकले भाई सन्तोषको बचाउका लागि डिएनए परिक्षणको माग गरे पछि युवती अलपत्र परेकी हुन् । गत मंसिर २२ गते सम्म म तिमीलाई विवाह गरी वुटवल लगेर जान्छु भन्दै पटक पटक सुनका गहना , मोवाईल र नगद समेत लगेर गएका सन्तोष विरुद्ध सुरुमा गुल्मीकै नयाँगाउँ प्रहरी चौकीमा पिडित युवतीका परिवारले जाहेरी दिएका थिए ।


पिडित युवतीका अनुसार त्यस पछि उनका दाजु कमल बिक र आमाले सन्तोषलाई घरबाट भगाएका थिए । दोश्रो पटक खन ईलाका प्रहरीमा उजुरी दिएको मंसिर ७ गते त्यहाँबाट जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा दुवै पक्षलाई पठाईएको थियो । ८ महिना पार गरेकी गर्भवति उनलाई जिल्ला अस्पतालबाट रिफर गरी यति वेला भैरहवा पठाईएको छ । उनको अवस्था गम्भीर रहेको छ ।

निज सन्तोषले नै उनकी प्रेमीकाले आफुलाई ५ महिनाको गर्भ हुँदा देखि नै जानकारी गराएको बताएका छन् । तर उनले अहिले भने उनि सग शाररिक सम्वन्ध राख्दै नराखेको जिकिर गर्दै आएका छन् । तर उनिहरु दुई जनालाई धेरै स्थानमा बसेको देख्ने तमाम मानिसहरु रहेका छन् ।

एक पटक साँझपख खनको जंगलमा संगै बसेको र गत असार महिनामा सन्धखर्कको एक होटलमा बसेको देख्ने मानिस हुँदा हुँदै पनि उनले वसेकै छैनौं भनेर ढाँट्दै आएको र निज युवाको धोकेवाज प्रवृद्धिले गर्दा आफु आत्मा हत्या गर्ने सम्मको अवस्थामा पुगेको पिडित युवतीको भनई छ ।

निजले उन दिदी वहिनी पर्ने एक जना महिला मार्फत प्रेमीकाले दिएको १५ हजार भन्दा बढि नगद रकम समेत लिएको छैन भने पछि प्रहरी कार्यालय भित्रै महिलाहरुले सन्तोषलाई घेराउ गरेका थिए । अस्लील शव्द सहितका ४२ वटा म्यासेज सन्तोषले ति युवतीको मोवाईलमा गरेका छन् ।

निज युवतको गर्भ सन्तोषको वाहेक अरु कसैको नभएका सप्रमाण पुष्टाई हुँदा हुँदै पनि हल्का रुपमा लिईएको पिडित युवतीको उजुरीमा उल्लेख छ । निजले मंसिर २२ गतेका दिन सम्म पिडित युवती संग र उनका आफन्त समेत संग आफ्नी श्रीमतिका रुपमा स्वीकार गर्दै गर्भपतन गराउनबाट समेत रोक्दै छिट्टै विवाह गर्ने प्रलोभन देखाएको र त्यस पछि दाजु कमल बिकको उक्साहटमा लागेर सम्र्पक गर्न छाडेको परिवारजनको आरोप छ । उनले प्रेमीका रुपमा उनि संग संगै तस्वीर समेत खिचेका छन् ।

स्थानियका अनुसार यस अघि पनि केहि युवती संग माया प्रेमको ढोंग रच्दै निज सन्तोष आपत्तीजनक अवस्थामा भेटिएको र भित्रभित्रै मिलाईएको थियो । उनका दाजु कमल बिकले पनि आफुलाई माया प्रेमको ढोङ्ग रच्दै फसाउने प्रयास गरेको भन्दै सन्धीखर्कमा एक युवती आएकी थिईन् । 

जिल्ला प्रहरी कार्यालय सन्धीखर्कका प्रमुख डिएसपी एकनारायण कोईरालाले आफुले मिलाउने प्रयास गरे पनि केटा पक्षले डिएनएको माग गरे पछि अदालती प्रकृयामा जान आफुले सुझाव दिएको बताए ।

प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले आफु यति वेला काठमाण्डौमा रहेकोले जिल्ला फर्केपछि आफुले मिलाउने प्रयासमा जुट्ने बताएका छन् । अन्तरपार्टी महिला सञ्जाल अघौखाँचीकी अध्यक्ष सुशिला गैरेले निज युवा र उनका दाजु वेईमान भएको प्रतिकृया दिईन् । उनले भनिन वेईमानहरुका कारण दलित युवतीलाई अलपात्र पारिदै छ , गर्भधारण गराउँदै डिएनएको माग गर्दै हिड्नेहरु विरुद्ध महिलाहरु सडकमा उत्रिदै छौं ।

आरोपित युवाका दाजु कमल बिकले भाईले स्वीकार गरे आफुले नरोक्ने र आफुबाट कुनै किशिमका षडयन्त्र नभएको जिकिर गरे पनि युवती अलपत्र पार्नमा मुख्य गरी उनै सक्रिय हुँदै आएका छन् । 

उनि भुमिका स्थान नगरपालिका वडा नम्वर ९ का वडा सचिव हुन् । यसर्थ पनि उनि प्रहरी प्रशासनको पहुँचमा रहेकोले घटना दवाउन सक्रिय भएको पिडित पक्षको आरोप छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने