२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा नमूना बन्दै दुर्गमको लक्ष्मीपुर आधारभूत विद्यालय

१२ पुष २०७४, बुधबार ०४:३५

पुस १२, बैतडी । बैतडीको मेलौली नगरपालिका–७ मा रहेको लक्ष्मीपुर आधारभूत विद्यालय पछिल्लो समयमा नमूना बन्दै गएको छ । 

विद्यालयमा सरसफाइका कार्यक्रमलाई संगठित रुपमा अघि बढाएपछि विद्यालयको वातवरणीय, शैक्षिक गुणस्तरमा समेत सुधार आएको विद्यालयका प्रधानाध्यापक पवित्रा कलौनीले जानकारी दिनुभयो । 

जिल्ला शिक्षा कार्यालयसँगको समन्वय तथा विश्व खाद्य कार्यक्रमको सहयोगमा विकास तथा प्रकोप व्यवस्थापन केन्द्रले खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यालयमा सरसफाइका कार्यक्रम चलाउन सहयोग गरेपछि विद्यालयमा सुधार आएको उहाँले बताउनुभयो । 

अहिले विद्यालयमा बालबालिकालाई दिवा खाजा खानेबेला हात धुनका लागि साबुन पानीको व्यवस्था गरिएको छ, उहाँले भन्नुभयो “विद्यालय परिसरमा फोहर हुन नदिनका लागि डस्टबिन र खाडलको व्यवस्था गरिएको छ ।” विद्यालयलाई प्लास्टिकमुक्त बनाउने प्रयास गरिएको छ । 

विद्यालयमा खानेपानीको समस्या हुँदा बालबालिका फोहर हुने गर्दथे तर पछिल्लो समयमा सरसफाइका कार्यक्रम विद्यार्थीको बानी व्यवहारमा समेत सुधार आएको छ । दिवा खाजा खानुभन्दा अघि र पछि बालबालिकाले साबुनपानीले हात धुने गरेका छन् । 

विद्यार्थीबाटै सरसफाइका कार्यक्रमलाई अघि बढाउनका लागि विद्यालयस्तरीय बालक्लब गठन गरिएको छ भने अभिभावक सम्मिलित विद्यालयस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति पनि गठन गरिएको छ । 

जिल्लाका १९९ वटा विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको विकास तथा प्रकोप व्यवस्थापन केन्द्रका कार्यक्रम संयोजक सुरेन्द्र जैरुले जानकारी दिनुभयो । 

बालबालिकाहरुको सरसफाइमा परिवर्तन 

बैतडीका १९९ वटा आधारभूत विद्यालयमा खानेपानी तथा स्वच्छता प्रवद्र्धन कार्यक्रम शुरु भएपछि विद्यालयको वातावरणीय सरसफाइका साथै बालबालिकाको सरसफाइमा पनि परिवर्तन आएको छ । 

जिल्ला शिक्षा कार्यालयसँग समन्वयमा शिक्षाका लागि खाद्य कार्यक्रम सञ्चालन भएका विद्यालयमा विकास तथा प्रकोप व्यवस्थापन केन्द्रले कार्यक्रम सञ्चालनमा ल्याएको कार्यक्रम संयोजक जैरुले जानकारी दिनुभयो । 

सरसफाइका माध्यमबाट शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन भएको र यसले विद्यालयमा धेरै परिवर्तन ल्याएको उहाँले बताउनुभयो । 

कार्यक्रम सञ्चालन गरिएका विद्यालयमा विद्यालयस्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति गठन गरिएका छन् भने विभिन्न किसिमका तालीमसमेत सञ्चालन भएका छन् । 

कार्यक्रमले विद्यार्थी तथा अभिभावकमा सरसफाइका बारेमा चेतना जागेको लक्ष्मीपुर आधारभूत विद्यालय मेलौली–७, पच्कोरका प्रधानाध्यापक पवित्रा कलौनीले जानकारी दिनुभयो । 

कार्यक्रमले बालबालिकामा सरसफाइ गर्नुपर्छ भन्ने धारणा विकास भएको छ भने बालबालिकाले अभिभावकलाई सरसफाइका बारेमा सिकाउने गरेको उहाँले बताउनुभयो । विनोदसिंह विष्ट/रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै