२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

बजारको अस्वस्थता हटाउन आकस्मिक अनुगमन

२०७३, १० बैशाख शुक्रबार ०७:०७

प्रकाश धौलाकोटी/बैशाख १०,  तेह्रथुम । तेह्रथुमका बजारहरुमा अस्वस्थ खाद्य बस्तु बस्तुहरुको विक्री वितरण हुने क्रम बढेको भन्दै प्रशासनले अब नियमित अनुगमन गर्ने भएको छ ।

बजारमा म्याद गुज्रिएका, मापदण्ड भन्दा विपरीत तथा अखाद्य बस्तुहरुको विक्री वितरण मौलाएर गएको गुनासो आउने क्रम बढेपछि जिल्ला अनुगमन समितिले नियमित तथा आकस्मिक अनुगमनको तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञवालीले बताउनुभयो ।

समितिले शुक्रबार सदरमुकाम म्याङलुङबजारका १५ वटा होटल, किराना र मदिराजन्य पसलहरुमा आकस्मिक अनुगमन गरेको छ । अनुगमनका क्रममा मदिरा तथा सुर्तीजन्य पदार्थहरु मापदण्ड नपुर्याई गरिरहेको, मुल्य सुची, होडिङ बोर्ड र पान बिल प्रयोग नगर्ने गरेको पाइएको सप्रजिअ ज्ञवालीले बताउनुभयो ।

अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका बिस्कुट, मैदा, कोक लगायत किराना सामान तथा मापदण्ड विपरीत विक्री गरिरहेका सुर्ती जन्य पदार्थहरु गरी नियन्त्रणमा लिई अन्दाजी सात हजार रुपैयाँ बराबरको सामाग्री नष्ट गरिएको उहाँले बताउनुभयो । यस्तै अनुगमन टोलीले मुल्य सुची नराख्नेलाई राख्न, अखाद्य बस्तुहरु तथा म्याद नाघेका बस्तुहरु विक्री वितरण नगर्न र पसलको नाम उल्लेखित होडिङ बोर्ड अनिवार्य राख्न समेत व्यवसायीहरुलाई सुझाव दिएको छ ।

सुर्ती जन्य पदार्थहरु विक्री वितरण गर्ने व्यवसायीलाई सुर्ती जन्य बस्तु स्वास्थ्यकालागि हानिकारक भएको खुल्ने लोगो उल्लेखित बस्तुहरुमात्र विक्री गर्न, बालबालिका, विद्यार्थी र गर्भवती महिलाहरुलाई त्यस्ता बस्तुहरु विक्री नगर्न सचेत गराइएको सप्रजिअ ज्ञवालीले जानकारी दिनुभयो ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञवाली साथै जिल्ला प्रहरी कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि सहभागी थिए । बजारमा दिनप्रतिदिन अस्वस्थता बढिरहेको भन्दै गुनासो आउने क्रम बढेको छ, सप्रजिअ ज्ञवालीले भन्नुभयो–त्यसैले अब थाहै नदिई प्रशासनले आकस्मिक अनुगमन गर्ने तयारी गरेको छ । जिल्लाको सदरमुकामसँगै अन्य बजारहरुमा पनि अब प्रशासनले आकस्मिक अनुगमन निरन्तर रुपमा गर्ने उहाँले बताउनुभयो ।

उहाँले उपभोक्ताहरुलाई समेत आफुले खरिद गरेर प्रयोग गर्ने बस्तु म्याद गुज्रिएको छ छैन भन्ने ख्याल राख्न, सामान खरिद गरेपछि अनिवार्य बिल माग्न तथा अखाद्य बस्तुहर विक्री वितरण भइरहेको थाहा पाए प्रशासनमा जानकारी दिन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते