२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

अब आर्थिक उन्नति र विकासको मार्गमा लागौं : सुर्य थापा

२०७२, १७ चैत्र बुधबार १२:२५

 चैत्र १७, प्युठान । नेकपा एमालेका केन्द्रीय सद्स्य सुर्य थापाले संविधानसभाबाट संविधान जारी भई ६० वर्ष लामो राजनीतिक सङ्घर्ष समाप्त भएकाले अब आर्थिक उन्नति र विकासको मार्गमा लाग्नुपर्ने बताउनुभएको छ ।

py

ढुङ्गेगदिमा आयोजित नेपाल मुस्लिम इत्तेहाद संगठन प्युठानको प्रथम उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुक अहिले अधिकार प्राप्तिको चरण सकिएर सम्बृद्धी प्राप्तिको चरणमा प्रबेश गरेको बताउदै आर्थिक तथा सामाजिक रुपान्तरणमा जुट्नुपर्ने बताउनुभएको हो । “संविधान जारी भएपछि संवैधानिकरुपमा सबै असमानता हटेको छ, अब समृद्धितर्फको साझायात्रामा अघि बढ्नुपर्छ, मुस्लिमहरु पनि समृद्धितर्फको दिशामा लाग्नुपर्छ, संविधानमा केही नमिलेका कुरा संशोधनमार्फत् मिलाउन सकिने भएकाले सबै दलले यसमा साथ दिनुपर्छ”–थापाले भन्नुभयो ।देश संघियता,लोकतान्त्रीक गणतन्त्र, धर्म निरपेक्षताको मार्गमा अघि बढी सक्यो।

मुस्लिम समुदाय भित्रका समस्याहरु उठान गर्नका लागि संगठित हुन जरुरी रहेको बताउंदै मुस्लिमहरुले आफ्नो मुद्धा पहिचान गरि आफै उठान गर्न सके मात्र समस्या सामाधान हुने धारणा राखे।मुस्लिमहरु एक हुनुपर्ने उहाको भनाइ छ।कार्यक्रममा बोल्दै इत्तेहादका केन्द्रीय उपाअध्यक्ष मोहम्मददिन मियाँले सबै मुस्लिम समुदायको हक हित र अधिकारका लागि इत्तेहाद निरन्तर संघर्षरत रहेको बताउनुभयो।सबै मुस्लिम समुदायलाइ समेट्ने साझा संगठन इत्तेहाद भएकोले इत्तेहाद जति बलियो भयो मुस्लिम समुदाय त्यति नै बलियो हुन्छ, उहाले थप भन्नुभयो नेपाल त्यति नै बलियो हुने छ।

मर्सदिन मियांको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रममा काङ्ग्रेस महाधिबेशन प्रतिनिधि असगर अलि,एमाओबादी प्रतिनिधि जितमान मियाँ, एमाले लुम्बिनी अन्चल कमिटी पुर्ब सद्स्य अहमद अब्दुल रउफ, एमाले जिल्ला सचिवालय सद्स्य झग बहादुर बिक एमाले जिल्ला अध्यक्ष तुलसिराम शर्मा, इत्तेहादका केन्द्रीय सद्स्य तथा राप्ती अन्चल इन्चार्ज अकबर अलि लगायतले शुभकामना मन्तव्य राखेका थिए। एमाले जिल्ला कमिटि सद्स्य तथा मुस्लिम बिभाग प्रमुख मोहम्मद हलिमको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन प्यार अलि खानले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर