१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

साउदी जेलमा रहेका नवलपरासीका युवालाई रिहाइ गराउनका ब्लड मनी संकलन

१७ पुष २०७४, सोमबार ०४:५९

पुस १७, नवलपरासी । झण्डै चार वर्षदेखि साउदीको जेलमा रहेका नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका– ४ मदनपुरका थानेश्वर भुसाललाई रिहाइ गराउनका लागि ब्लड मनी संकलन अभियान देश विदेशमा शुरु गरिएको छ । 

आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपरासीद्वारा थानेश्वर भुसाल जीवन रक्षार्थ ब्लड मनी संकलन अभियानअन्तर्गत नेपाल र नेपाल बाहिरबाट समेत सहयोग रकम आउनेक्रम जारी छ । 

आप्रवासी कामदार हकहित संरक्षण मञ्चले अभियान नै सञ्चालन गरी पछिल्लो पटक नेपालमा संकलित रु दुई लाख चार हजार १८७ बराबरको चेक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले पीडित भुसालकी आमा यमकला भुसाललाई हस्तान्तरण गर्नुभयो । 

चेक हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी मरासिनीले छोटो समयमा भए पनि आर्थिक रकम संकलन कार्यमा सबैले सहयोग गरी अर्थिक संकलन गर्न सकिएको भन्दै यो अभियान सफलतातर्फ उन्मुख भएको बताउनुभयो । 

त्यस्तै कार्यक्रममा आप्रवासी हकहित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष बलबहादुर थापाले अब थानेश्वर भुसाललाई नेपालमा ल्याउन धेरै दिन कुर्न नपर्ने भएको बताउनुभयो । 

कार्यक्रममा शामी परियोजनाकी परामर्शदाता दाता रञ्जना लम्सालले देश तथा विदेशमा रहेका नेपालीको सहयोगले आफूहरुले भुसाललाई छुटाउनका लागि आवश्यक रकम पु¥याउन लागेको बताउनुभयो । 

विसं २०६८ असोज ६ गते साउदी गएका थानेश्वर भुसाल विसं २०६९ जेठ २६ गते दुर्घटनामा परेका थिए । उनले चलाएको टिपरमा एउटा सवारी साधनले पछाडिबाट ठक्कर दिएपछि ठक्कर दिने सवारी साधनमा रहेका र ठक्करबाट धकेलिएको टिपरले अगाडि ठक्कर दिने अर्को सवारी साधनमा रहेका गरी दुई जनाको मृत्यु भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक