४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा लालीगुराँस गोल्डकप आजदेखि सुरु

१० बैशाख २०७३, शुक्रबार १९:५१

rectangle_bannerप्रकाश धौलाकोटी । तेह्रथुम, ११ बैशाख । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित बसन्तपुर बजारमा आजबाट दोस्रो लालीगुराँस गोल्ड कप नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्धार बसन्तपुरमा यहाँको पर्यटन प्रवर्धन र पहाडी क्षेत्रको खेलकुद विकासकालागि सन्चालन हुन लागेको गोल्ड कपको यो संस्करणमा काठमाडौँ सहित पुर्वाञ्चलका चर्चित आठ टिम सहभागी हुँदैछन् । प्रतियोगिताको उद्घाटन खेल आजै दिउँसो दुई २ बजेबाट संखुवासभा जिल्ला फुटबल संघ र जनजागृति युवा क्लब हिले धनकुटाबीच हुने आयोजक पाथीभरा युवा सामुदायिक क्लबका अध्यक्ष मिलन थापाले जानकारी दिनुभयो ।

वि.स. २०५६ सालबाट सुरु भएपनि निरन्तर सन्चालन हुन नसकेको प्रतियोगिताको निरन्तरता स्वरुप स्थानीय युवाहरुको अगुवाईमा यसवर्षबाट पुनः लालीगुराँस गोल्डकप सन्चालन हुन लागेको हो । प्रतियोगितामा आयोजक पाथीभरा सामुदायिक युवा क्लबसहित दोर्जे गियर प्रालि, काठमाडौँ, संखुवासभा जिल्ला फुटबल संघ, मोरङको बेलबारी फुटबल क्लब, धनकुटाको जनजागृति युवा क्लब, हिले र सिंहदेवी युवा क्लब, सिधुवा, मोरङकै टीडब्लुवाईसी विराटनगर र तेह्रथुमको म्याङ्गलुङ नगरपालिका सहभागी हुने क्लबका महासचिव विजय सोदेम्बाले बताउनुभयो ।

game

प्रतियोगिता अन्तर्गतको दोस्रो खेल बैशाख १२ गते म्याङलुङ्ग नगरपालिका, तेह्रथुम र दोर्जे गियर प्रालि, काठमाडौँ, तेस्रो खेल बैशाख १३ गते आयोजक पाथीभरा सामुदायिक युवा क्लब बसन्तपुर र टीडब्लुवाईसी विराटनगर तथा चौथौ खेल बैशाख १४ गते सिंहदेवी युवा क्लब धनबुटा र बेलबारी फुटबल क्लब मोरङ बीच हुनेछ । बैशाख १५ गते सेमीफाइनल चरणका दुई खेल हुनेछन् भने प्रतियोगिताको उपाधिकालागि बैशाख १७ गते फाइनल खेल हुने आयोजकले जनाएको छ ।

यसअघि लालीगुराँस संरक्षण व्यवस्थापन समितिले थालेको जिल्लाकै सर्वाधिक राशीको प्रतियोगिताको यो संस्करणको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खासगरी यहाँको गुराँसे बनको संरक्षण सम्बन्धी सचेतना बढाउने र पर्यटन प्रवर्धन गराउने उदेश्यले गोल्ड कप सन्चालन गर्न लागिएको क्लबका अध्यक्ष थापाले बताउनुभयो । गोल्ड कपको निरन्तरताले पर्यटकीय क्षेत्रहरु तीनजुरे मिल्के जलजले, आरआर गार्डेन, पाँच पोखरी, गुफापोखरी, मेन्छ्यायेम डाँडा, पाथीभरा लगायत क्षेत्रको पर्यटन प्रवर्धनकालागि महत्वपुर्ण योगदान गर्ने राष्टिय लालीगुराँस संरक्षण व्यवस्थापन समितिका महासचिव लक्ष्मण तिवारीले बताउनुभयो । आजभोलि यो क्षेत्रमा गुराँस फुलेर राताम्मे भएको छ । गोल्ड कपको अवधिभर ५० हजार बढी आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुने र डेढ करोड बढीको कारोवार हुने आकलन आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी