२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुर कारागारमा बन्दी जीवन बिताइरहेकी महिलाले बच्चा जन्माइन

२०७४, १८ पुष मंगलवार ०८:२५

पुस १८, दाङ । दाङको तुलसीपुर कारागारमा बन्दी जीवन बिताइरहेकी एक महिलाले मंगलबार बच्चा जन्माएकी छन् । 

घोराही उपमहानगरपालिका घर भएकी शारदा खौसिया थारुले कैदी भएकै अवस्थामा तुलसीपुरमा छोरी जन्माएकी हुन् । गत जेठ महिनामा ठगि मुद्धामा जेल परेकी थारुले मंगलबार राप्ती अञ्चल अस्पताल तुलसीपुरमा बच्चा जन्माएको तुलसीपुर कारागारका जेलर देवेन्द्र श्रेष्ठले जानकारी दिए । 


उनले सुत्केरी थारुलाई कारागारभित्र बस्ने गरी व्यवस्था मिलाइएको बताए । मुद्धा चलिरहको छ । त्यसको फैसला नहुँदासम्म उनी यतै रहन्छिन्, श्रेष्ठले भने, 'जेलभित्र सुत्केरीले पाउने सेवा सुविधा र स्याहार पनि सबै पाउने छन् ।'

कैदी बन्दीसँग काम गरिरहेका समाजसेवी टोपबहादुर महतराले थारुको सम्पूर्ण सुत्केरी खर्च आफूले व्यहोर्ने बताएका छन् । सुत्केरी खर्च व्यक्तिगत तर्फबाट सहयोग गर्ने योजना बनाएको छु उनले भने , 'बन्दी जीवन बिताइरहेका महिला सुत्केरी हुँदा थेरै कठिनाई हुने भएकाले यो निर्णय गरेको हुँ ।' उनले सुत्केरीका लागि अस्पतालदेखि कारागारसम्मको सम्पूर्ण खर्च आफूले व्यहोर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै