१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बेवारिसे १५ वर्षीया बालिका भेटीईन

१९ पुष २०७४, बुधबार ०२:४४

पुस १९, बैतडी । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटबाट मंगलबार एक बेवारिसे बालिकाको उद्धार गरेको छ । 

मानसिक सन्तुलन गुमाएकी गीता भट्ट नाम बताउने अन्दाजी १५ वर्षीया बालिकाको उद्धार गरिएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो । 

महाकाली राजमार्गअन्तर्गत खोचलेक बजार नजिकै भेट्टिएकी बालिकाको मानसिक सन्तुलन ठीक छैन, प्रहरी सहायक निरीक्षक महराले भन्नुभयो “कपडा च्यातिएको अवस्थामा छ, आप्mनो नाम ठेगानासमेत एकिन बताइनन् ।” 

“कुनै बेला महेन्द्रनगर घर बताउँछिन्, कुनै बेला दार्चुला” उहाँले भन्नुभयो, “नाम, ठेगाना सोध्दा हाँस्ने मात्रै गर्छिन् ।” 

उद्धार गरिएकी बालिकालाई महिला तथा बालबालिका कार्यालय बैतडीको सेफ हाउस, पाटनमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “बेवारिसे भेट्टिएकी बालिकाको सुरक्षाका लागि सेफ हाउसमा राखेको र बालिकाको घरपरिवार सम्पर्कमा आएपछि घरपरिवारको जिम्मा लगाउँछौँ ।” रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक