१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अब वसन्तको पालो भनेको एक बर्षपछि पौडेलको हत्या’

२१ पुष २०७४, शुक्रबार १०:५१

पुस २१, बुटवल । रुपन्देहीको देवदह नगरपालिका–५ का स्थानीय व्यवसायीसमेत रहेका एक युवकको आज गोली हानी हत्या गरिएको छ ।

अज्ञात समूहले स्थानीय करिब ४२ वर्षीय बलु भनिने वसन्त पौडेललाई गोली हानी हत्या गरेको हो । मृतक पौडेलको टाउकामा गोली लागेको थियो । उहाँको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । 

देवदह नगरपालिका–२ स्थित ढेकावार खैरेनीमा आफ्नै काठ (स–मिल) मिलमा आगो तापेर बसिरहेका बेला कालो रङको पल्सर मोटरसाइकलमा आएको अज्ञात समूहले पौडेलको टोउकामा गोली हानेर फरार भएको थियो । गोली प्रहार गर्ने समूह सोही मोटरसाइकलमा रोहिणीखोलातर्फ भागेको प्रत्यक्षदर्शीले बताएका छन् । 

यस्तै गोली प्रहारबाट स्थानीयवासी युवा पौडेल बलुको हत्या भएको विरोधमा बुटवल बन्द भएको छ । तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवा विद्यार्थीले बन्द गरेका हुन् । मृतक पौडेल पूर्व गाविस अध्यक्ष तथा एमाले स्थानीय नेता नीलकण्ठ पौडेलका एक्ला छोरा हुन् । 


एक वर्षअघि सोही गाउँमा युवा संघका नेता दुर्गा तिवारीको हत्या भएको थियो । वसन्त दुर्गाका नजिकका साथी थिए । 

घटनालगत्तै आफूलाई मलेसियाबाट मनोज पुन बोलेको बताउने व्यक्तिले स्थानीय सञ्चारकर्मी र विभिन्न व्यक्तिलाई फोन गरी हत्या आफ्नो योजनामा गरेको बताएका छन् । उनले आफू मलेसियामा रहेको र आफ्नै योजनामा बुलुको हत्या भएको स्थानीय सञ्चारकर्मीलाई जनाएका छन् । 

एक वर्षअघि पनि उनले यस्तै फोन गरी दुर्गाको हत्या आफूले गराएको र अब वसन्तको पालो भन्दै धम्की दिएका थिए । 

गोली कसले चलायो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । गोली प्रहार गर्ने व्यक्ति कालो डिस्भर मोटरसाइकलमा रोहिणी खोलातिर भागेको स्थानीयवासीले बताएका छन् । 

घटनाका बारेमा अनुसन्धान भइरहेको र आक्रमणकारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक