Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

जाजरकोटमा भाइरल ज्वरो: ९ को मृत्यु, ६ सय बढी बिरामी

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस २२, जाजरकोट । जाजरकोटको जुनीचाँदेमा फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

मृत्यु हुनेमा ५ बालबालिका समेत रहेका छन । अहिले ५ जनाको पुष्टि भएको छ । एक जना ९ दिनका बालक रहेका छन । जुनीचाँदे गाउँपालिका २ का ५७ वर्षीय आइती तिरुवा, ६५ वर्षीया धनसरा नाथ र ७५ बर्षका सतरुप शाहीको मृत्यु भएको छ ।

त्यस्तै सोही गाउँपालिका वडा नम्बर ३ का ६७ वर्षीय करसिंह टमटाको मृत्यु भएको जनस्वास्थ्य प्रमुख राम नेपालीले जानकारी दिए । एक साता देखि फैलिएको महामारीबाट बालबालिकाहरुमा १ महिनाका ४ जना र ४ वर्षको १ जनाको ज्यान गएको जनस्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।

ज्वरो र रुघाखोकीको महामारीले जुनीचाँदेका ६ सय बढी गाँउलेहरु बिरामी परेका छन् । स्वाथ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिहंका अनुसार स्वाथ्यचौकीमा दैनिक ५०/६० जना भाइरलका बिरामी आउने गरेको बताए ।

गाउँपालिका १ को जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाँउ, वडा नं २ को मजकोट, आलीमौगाना र वडा नं ३ का डाडाकोट र परालेमा भाइरल ज्वरो र रुघाखोकी प्रकोपको रुपमा देखापरेको छ ।

भौगोलिक विकटताका कारण स्वास्थ्य संस्था टाढा रहेको र स्वास्थ्य संस्थामा भरपर्दो उपचार नहुँदा समस्य भएको छ । बिरामी हुनेमा बढीजसो बालबालिका, बृद्धबृद्धा र महिला रहेका छन् ।

बिरामीहरुमा घाँटी दुख्ने, सुख्खा खोकी, टाउको दुख्ने, हातखुट्टा दुख्ने, चिटचिट पसिना आउने, ज्वरो आउने लगायतका समस्या देखिने गरेको छ ।