२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीमै च्याउको बीउ उत्पादन शुरु, बार्षिक ५० हजार बढी पोका बीउ उत्पादन गर्ने

११ आश्विन २०७२, सोमबार १०:१६

सन्तोषकुमार गुप्ता/असोज ११, भालुवाङ् । देउखुरीमै अब अत्याधुनिक प्रविधिबाट च्याउको बीउ उत्पादन शुरु भएको छ । लालमटिया—५ मौरीघाट स्थीत बहुउद्देश्यीय कृषि तथा च्याउ खेती फर्मले आफ्नो उत्पादन शुरु गरेको हो ।

masrum4

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिजम) को आर्थिक सहयोगमा बहुउद्देश्य कृषि तथा च्याउ खेती फर्मले लालमटियाको मौरीघाटमा अत्याधुनिक च्याउको बीउ उत्पादन फर्म सञ्चालनमा ल्याए पछि एक महिना यता देखि च्याउको बीउ उत्पादन शुरु गरेको हो । किसानहरुको माग तथा आवश्यकतालाई मध्यनजर गदै फर्मले कुल ४९ लाख ६९ हजार ७ सय ७८ रुपैयाँ ५० पैसाको लगानीमा र्फम सञ्चालनमा ल्याईएको र्फम सञ्चालक द्रोर्णबहादुर जिसीले जानकारी दिए ।]

masrum

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिजम) को २१ लख १ सय ७ सय २२ रुपैयाँ अनुदान र बहुउद्देश्य कृषि तथा च्याउ खेती फर्मका सञ्चालक द्रोर्णबहादुर जिसीको २८ लाखको लगानीमा च्याउको बीउ उत्पादन फर्म सञ्चालनमा ल्याईएको जिसीले बताए । दाङ्ग सहित राप्ती अञ्चल र मध्य तथा सुदुरपश्चिम विकास क्षेत्रका च्याउ उत्पादक किसानहरुलाई सहज, सरल र सुपथ मूल्यमा गुणस्तरिय च्याउको वीउ पु¥याउने उद्देश्यले फर्म सञ्चालनमा ल्याएको हु सञ्चालक जिसीले भने ।

masrum3

यहाँबाट च्याउको बीउ उत्पादन शुरु भयो भने दाङ्ग सहित राप्ती अञ्चलबासी मात्र नभई मध्य तथा सुदुरपश्चिम विकास क्षेत्रका किसानहरुले सहज तथा सरल रुपमा गुणस्तरिय च्याउको बीउ पाउने सञ्चालक जिसीले बताए । फर्मले बार्षिक ४ सय गा्रमको ५० हजार च्याउको बीउको पोका उत्पादन गर्ने लक्ष्य राखेको छ । उत्पादित बीउको फुटकर मूल्य प्रति पोका ६० र थोक मूल्य ५५ रुपैयाँ दररेट समेत निधारर्ण गरिएको सञ्चालक जिसीको भनाई छ ।

masrum2

वीउ बिक्रीबाट एक सिजनमा ३० लाख बढीको आम्दानी गर्ने समेत लक्ष्य रहेको जिसीले बताए । फर्मबाट पहिलो चरणमा कन्य च्याउको बीउ मात्र उत्पादन शुरु गरेको छ । र्फमले यस अघिले उपभोगका लागि च्याउ उत्पादन गदै आएको थियो । फर्ममा दिनहु जसो च्याउ उत्पादक किसानहरु र्फममा आउने गरेको जिसीले बताए । बीउ उत्पादन शुरु गरेको एक महिना बित्न नपाउँदै बीउको माग बढेको बताईएको छ ।

अहिले बीउका लागि देउखुरीका विभिन्न ठाउँ घोराही, तुल्सीपुर, नारायणपुर, छिमेकी जिल्ला प्यूठान, रोल्पा, अर्घाखाँची, कपिलबस्तु र बाँकेबाट समेत अडर आउन शुरु भएको जिसीले जानकारी दिए । अहिले पनि फर्म दैनिक एक सय बढी च्याउको पोका उत्पादन गरेको छ । काक्र्तिक देखि भने किसानहरुको माग अनुसार बीउ उत्पादन गर्ने जिसीको भनाई छ ।

masrum1
मध्यपश्चिममै च्याउको बीउ उत्पादन गर्ने कुनै फर्म नहुँदा च्याउ उत्पादक किसानहरु महँगो मूल्यमा काठमाडौँ तथा पोखराबाट अगुणस्तरिय बीउ किनेर व्यवसायिक च्याउ खेती गर्न बाध्य भएका थिए । देउखुरीको लालमटियाबाटै च्याउको बीउ उत्पादन हुने किसानहरु हर्षित हुनुका साथै दाङ्ग सहित राप्ती अञ्चल र मध्यपश्चिम विकास क्षेत्रका सयौँ च्याउ उत्पादक किसानहरु लाभन्दित हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य