१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली नागरिक गाइन्जूलाई श्रीलंकामा नागरिक वीरता स्वर्ण पदक

२८ पुष २०७४, शुक्रबार ११:०५

पुस २८, काठमाडौँ,  नेपाली नागरिक लक्ष्मीसुन्दर गाइन्जू श्रीलंकामा ‘नागरिक वीरता स्वर्ण पदक’द्वारा सम्मानित हुनुभएको छ । 

गाइन्जूलाई श्रीलंकाको राजधानी कोलम्बोमा बुधबार आयोजित विशेष समारोहमा त्यहाँका सभामुख करु जयसूर्याले सम्मान गर्नुभएको हो । सो सम्मान पाउने गाईन्जू पहिलो नेपाली नागरिक हुन् । 

नेपालमा विसं २०७२ वैशाख १२ गते गएको भूकम्पमा आफ्नो ज्यानको परवाह नगरी सर्वसाधारणको उद्धार गरे बापत गाइन्जूलाई सो पदकद्वारा सम्मानित गरिएको हो । गाईन्जूले उक्त दिन भक्तपुरको जेँला टोलमा भूकम्पले घर भत्किएर च्यापिएका आठ परिवारका २१ जनाको जीवितै उद्धार गरेका थिए । उहाँ भूकम्पपछि निरन्तर पीडितको सेवामा खटिँदै आउनुभएको छ । 

“गाइन्जूको काम साँच्चै नै प्रशंसनीय छ र त्यो अरुलाई पनि उत्प्रेरित गर्ने उदाहरण बनोस् भनेर पदक प्रदान गर्न पाउँदा आफूलाई ठूलो सन्तोष मिलेको छ,” सभामूख जयसूर्याले भन्नुभयो । 

उक्त कार्यक्रममा मनोनयनकर्ताका तर्फबाट विशेष रुपमा आमन्त्रित डा दिनेशराज भुजुले नेपालमा आएको भूकम्प र त्यतिखेर स्वयंसेवी युवाले पू¥याएको थुप्रै उदाहरण भएको बताउनुभयो । “गाइन्जू ती असल र हिम्मति युवाहरुको प्रतिनिधि पात्र हुन्,” उहाँले भन्नुभयो । 

विश्वका विभिन्न देशमा बेला–बखतमा प्राकृतिक बिपद्हरु आइरहने र त्यस्तो अवस्थामा स्वयंसेवाको भावनाले उत्प्रेरित भएर ज्यान बचाउन लागिपर्ने असल नागरिकको सम्मान गर्ने परम्परा बसाउन बिगत पाँच वर्षदेखि सो पुरस्कार प्रदान गरिँदै आएको नागरिक वीरता संस्थाका संस्थापक अध्यक्ष कसुन चन्द्ररत्नेले बताउनुभयो । यसअघि उक्त पदकबाट माल्दिभ्स र पाकिस्तानका नागरिकलाई सम्मान गरिएको थियो । 

“भूकम्पको बेला पीडितको उद्धार गर्न जाँदा मैले यस्तो पदकबाट विभूषित हुनेछु भनेर कहिले आश गरेको थिइनँ, त्यस्तो विचारले काम गरेको पनि होइन । त्यतिबेला मनमा धेरै मानिसको ज्यान बचाउने सोच मात्र थियो,” सम्मानित भएपछि गाइन्जूले भन्नुभयो । 

सो अवसरमा सगरमाथाको सफल आरोहण गर्ने पहिलो श्रीलंकाली महिला जयन्ति कुरु–उतुम्पलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा श्रीलंकाका सांसद, श्रीलंकाका लागि नेपालका राजदूत, पूर्व मन्त्रीहरु, कलाकार, प्राध्यापकलगायतको उपस्थिति रहेको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो