२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीबाट अपहरण गरिएका बालकको यसरी गरियो सकुशल उद्धार

२०७४, १ माघ सोमबार १४:०५

माघ १, नवलपरासी । नेपाल भारत सीमा क्षेत्रबाट अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार भएको छ । 

गत बिहीबार अपहरणमा परेका सात वर्षीय बालक आयुस निगमलाई नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको संयुक्त विशेष पहलमा सकुशल उद्धार गरिएको हो । 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सीमा क्षेत्र भारत उत्तर प्रदेश ठुठीबारीबाट अपहरणमा परेका सात वर्षीय बालक आयुसलाई नेपालसँग सीमा जोडिएको विहार राज्यको वाल्मिकी नगर जंगल क्षेत्रबाट शनिबार राति उद्धार गरिएको हो । 

पूर्व गृहराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले दुवै देशका सुरक्षा निकायमा समन्वय गरी बालकको सकुशल उद्धार हुन सफल हुनुभएको हो । 

ठुठीबारीका कपडा व्यवसायी बबलु निगमका सात वर्षीय छोरा आयुसको अपहरण गरेपश्चात् अपहरणकारीले बालकको रिहाइका लागि रु एक करोड फिरौती रकम माग गर्दै आएका थिए । 

ठुठीबारीमा रहेको राधाकुमार इन्टल कलेजको प्रबन्धक सञ्चालकसमेत रहनुभएका कँडेलले बालकको अपहरण भएको थाहा पाएपछि आफ्नो दायित्व महसुस गरी दुवै क्षेत्रका माथिल्लो तहका सुरक्षा अधिकारीसँग समन्वय गरी बालकको सकुशल उद्धार गर्न मद्दत गरेको कँडेलले जानकारी दिनुभयो । 

अपहरण गर्नेमध्येका चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये एक नेपाली र तीन भारतीय रहेका छन् । चारै जनालाई अहिले भारतीय प्रहरीको नियन्त्रणमा राखिएको छ । उनीहरुलाई कानूनबमोजिम कारबाही हुने भारतीय प्रहरीको भनाइ छ । 

पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका रानीनगर निवासी नीरज श्रेष्ठ, भारतको विहार प्रदेश वााल्मिकी नगरका राधव यादव, भारतको उत्तर प्रदेश ठुठीबारी निवासी राजेश निगम, ठुठीबारीकै निवासी सोनु निगमलाई पक्राउ गरी अपहरण मुद्दा चलाउने ठुठीबारी कोतवाल बृजनन्दन सिंहले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा