२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीबाट अपहरण गरिएका बालकको यसरी गरियो सकुशल उद्धार

१ माघ २०७४, सोमबार १४:०५

माघ १, नवलपरासी । नेपाल भारत सीमा क्षेत्रबाट अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार भएको छ । 

गत बिहीबार अपहरणमा परेका सात वर्षीय बालक आयुस निगमलाई नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको संयुक्त विशेष पहलमा सकुशल उद्धार गरिएको हो । 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सीमा क्षेत्र भारत उत्तर प्रदेश ठुठीबारीबाट अपहरणमा परेका सात वर्षीय बालक आयुसलाई नेपालसँग सीमा जोडिएको विहार राज्यको वाल्मिकी नगर जंगल क्षेत्रबाट शनिबार राति उद्धार गरिएको हो । 

पूर्व गृहराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले दुवै देशका सुरक्षा निकायमा समन्वय गरी बालकको सकुशल उद्धार हुन सफल हुनुभएको हो । 

ठुठीबारीका कपडा व्यवसायी बबलु निगमका सात वर्षीय छोरा आयुसको अपहरण गरेपश्चात् अपहरणकारीले बालकको रिहाइका लागि रु एक करोड फिरौती रकम माग गर्दै आएका थिए । 

ठुठीबारीमा रहेको राधाकुमार इन्टल कलेजको प्रबन्धक सञ्चालकसमेत रहनुभएका कँडेलले बालकको अपहरण भएको थाहा पाएपछि आफ्नो दायित्व महसुस गरी दुवै क्षेत्रका माथिल्लो तहका सुरक्षा अधिकारीसँग समन्वय गरी बालकको सकुशल उद्धार गर्न मद्दत गरेको कँडेलले जानकारी दिनुभयो । 

अपहरण गर्नेमध्येका चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये एक नेपाली र तीन भारतीय रहेका छन् । चारै जनालाई अहिले भारतीय प्रहरीको नियन्त्रणमा राखिएको छ । उनीहरुलाई कानूनबमोजिम कारबाही हुने भारतीय प्रहरीको भनाइ छ । 

पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका रानीनगर निवासी नीरज श्रेष्ठ, भारतको विहार प्रदेश वााल्मिकी नगरका राधव यादव, भारतको उत्तर प्रदेश ठुठीबारी निवासी राजेश निगम, ठुठीबारीकै निवासी सोनु निगमलाई पक्राउ गरी अपहरण मुद्दा चलाउने ठुठीबारी कोतवाल बृजनन्दन सिंहले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य