२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

महासंघको संरचना बारेमा सुझाव संकलन गरिने

२०७३, १४ बैशाख मंगलवार ०६:३६

प्रकाश धौलाकोटी, बैशाख १४, तेह्रथुम । तेह्रथुममा सामुदायिक वन उपभोक्ता महासंघको विधान तथा सांगठनिक संरचनाबारेमा गाउँ गाउँमा पुगेर सुझाव संकलन गरिने भएको छ । सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ तेह्रथुमको आज सम्पन्न बैठकले महासंघको विधान तथा सांगठनिक संरचना परिमार्जनका लागि गाउँ गाउँमा छलफल कार्यक्रम संचालन गरी सुझाव संकलन गर्ने निर्णय गरेको अध्यक्ष तुलसी संग्रौलाले बताए ।

उनका अनुसार राज्यको पुःन संरचना सँग–संगै सामुदायिक वन उपभोक्ता महासंघको संरचनामा पनि परिवर्तन हुने भएकाले गाउँ गाउँमा छलफल कार्यक्रम संचालन गरी सुझाव संकलन गर्न लागिएको हो । सामुदायिक वन उपभोक्ता महासंघको आवश्यक्ता, तह, क्षेत्राधिकार,समावेशीकरण, सांगठनिक स्वरुप, अधिवेशन, परिषद, विधान परिमार्जन विधि लगायतका विषयहरुमा सुझावहरु संकलन गरिने बैठकले निर्णय गरेको छ ।

गाउँ गाउँ बाट आएका सुझावहरुलाई संकलन गरी सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रमा पठाईने महासंघले जनाएको छ । बैठकले सुझाव संकलनकालागि सम्बन्धित क्षेत्रका जिल्ला सदस्य र कर्मचारीहरुलाई जिम्मेवारी समेत प्रदान गरेको सुपरभाइजर जितलाल लिम्बुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते