४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

महासंघको संरचना बारेमा सुझाव संकलन गरिने

१४ बैशाख २०७३, मंगलवार ०६:३६

प्रकाश धौलाकोटी, बैशाख १४, तेह्रथुम । तेह्रथुममा सामुदायिक वन उपभोक्ता महासंघको विधान तथा सांगठनिक संरचनाबारेमा गाउँ गाउँमा पुगेर सुझाव संकलन गरिने भएको छ । सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ तेह्रथुमको आज सम्पन्न बैठकले महासंघको विधान तथा सांगठनिक संरचना परिमार्जनका लागि गाउँ गाउँमा छलफल कार्यक्रम संचालन गरी सुझाव संकलन गर्ने निर्णय गरेको अध्यक्ष तुलसी संग्रौलाले बताए ।

उनका अनुसार राज्यको पुःन संरचना सँग–संगै सामुदायिक वन उपभोक्ता महासंघको संरचनामा पनि परिवर्तन हुने भएकाले गाउँ गाउँमा छलफल कार्यक्रम संचालन गरी सुझाव संकलन गर्न लागिएको हो । सामुदायिक वन उपभोक्ता महासंघको आवश्यक्ता, तह, क्षेत्राधिकार,समावेशीकरण, सांगठनिक स्वरुप, अधिवेशन, परिषद, विधान परिमार्जन विधि लगायतका विषयहरुमा सुझावहरु संकलन गरिने बैठकले निर्णय गरेको छ ।

गाउँ गाउँ बाट आएका सुझावहरुलाई संकलन गरी सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रमा पठाईने महासंघले जनाएको छ । बैठकले सुझाव संकलनकालागि सम्बन्धित क्षेत्रका जिल्ला सदस्य र कर्मचारीहरुलाई जिम्मेवारी समेत प्रदान गरेको सुपरभाइजर जितलाल लिम्बुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’