२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चिठ्ठा परेको भन्दै लाखौ ठग्ने भारतीय नागरीकसहित दुईजना पक्राउ

२०७४, ३ माघ बुधबार ०६:५२

माधव बेल्वासे/माघ ३ , कपिलवस्तु । कतै तपाइलाई सामाजिक संजालवाट लाखौको चिठ्ठा पर्यो भन्दै ठगी गरिरहेका त छैनन् । होसियार हुनुहोस पछिल्लो समयमा यस्ता घटनाहरु वढिरहेका छन । 

सामाजिक संजाल मार्फत तपाइलाई चिट्ठा परेको छ कर को लागी केहि रकम पठाउनुहोस भन्दै लाखौ लुटिरहेको खुल्न आएको छ। कपिलवस्तुमा यस्ता कार्य गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तुको कृष्णनगरवाट एक जना नेपाली नागरीक र चन्द्रौटावाट एक जना भारतीय नागरीक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन ।

समाजिक संजाल भाइबर तथा इमो बाट ठगी गर्ने भारतको गोरखपुर थाना शाहपुर कौवाबाघ आरपीएफ कलोनी क्वार नं. ३९ डी.सी. बस्ने २८ वर्षीय अजित कुमार सिंह रहेका छन् । पक्राउ परेका भारतीय नागरिक सिंहको साथबाट प्रहरीले ५५ हजार रुपैयाँ, नक्कली कागजपत्र बरामद गरेको जनाइएको छ

सुनसरी जिल्ला धरान उपमहानगरपालिका ८ का २८ वर्षीय सरोज रानामगरलाई २५ लाख चिठ्ठा परेको प्रलोभनमा पारी कर बापत ५५ हजार बैंकमा जम्मा गर्न लगाई भारतीय गिरोहले ठगी गरेको आरोप उनलाई लगाइएको छ । सरोजले ग्लोबल आई.एम.ई. बैंक धरानबाट अजित कुमार सिंहको नाममा ५५ हजार पठाएका थिए ।

 भारतको गोरखपुर थाना शाहपुर कौवाबाघ आरपीएफ कलोनी क्वार नं. ३९ डी.सी. बस्ने २८ वर्षीय अजित कुमार सिंह प्रहरीको नियन्त्रणमा 

 ईन्टरनेट भाइबरमा बिजय कुमार नामका अपरिचित व्यक्तिले पीडित सरोजलाई २५ लाख चिठ्ठा परेको प्रलोभन देखाई कर बापत पहिलो किस्तामा ५५ हजार बैंकमा जम्मा गर्न लगाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै कृष्णनगर नगरपालिका वडा नं. ३, झण्डिनगरका ३३ वर्षीय सन्तोष कुमार गुप्ता बानियालाई प्रहरीले कृष्णनगरमा रहेको सिद्धार्थ बैंक लिमिटेडबाट पक्राउ गरेको हो ।

विभिन्न व्यक्तिलाई फोन गरी तपाईंले चलाएको भाइबर, फेसबुक, ट्विटर तथा सिम कार्डबापत ४० लाख रुपैयाँ लट्री जित्नु भएको छ भनी फोन तथा म्यासेज गरी उनले प्रलोभनमा पार्ने गरेका थिए । लट्री बापतको कर नेपाल सरकारलाई जम्मा गरे पछिमात्र उक्त रकम तपाईंको खातामा जम्मा हुने बताई आइ एम ई तथा विभिन्न बैंकमार्फत पैसा पठाउन लगाई उनले ठगी गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी निरीक्षक केशव ज्ञवालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले कृष्णनगरबाट पक्राउ गरेको हो। प्रलोभनमा फसेका व्यक्तिहरुलाई विभिन्न मनी ट्रान्सफरहरु र बैंकमार्फत रकम जम्मा गर्ने र ठगी गर्दै आएको कपिलबस्तु प्रहरीले जनाएको छ। उनले स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ३, गल्याङ बस्ने बर्ष २३ की प्रेना थापालाई चिठ्ठा परेको भन्दै आफ्नो नाममा २५ हजार आइएमई गर्न लगाएका थिए।

पैसा पठाउन दबाब दिएपछि थापाले जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएकी थिइन्। पक्राउ परेका गुप्ताले जिल्लाका अन्य ब्यक्तिहरुबाट ४ लाख ६८ हजार रकम ठगी गरि सकेको प्रहरीले बताएको छ। गुप्ता पक्राउ परेको दिन सोही बैंकबाट उनले मोहन बहादुर बस्नेतले सन्तोषको नाममा आइएमई गरि पठाएको एक लाख ४० हजार रकम समेत निकालिएको थियो ।

चिठ्ठा पर्यो भन्दै ठगि गर्ने हरुले नक्कली नेपालको झण्डा सहितको प्रमाण पत्र बनाइ ठग्ने गरेको पाइएको छ । पछिल्लो समय नेपालमा धेरै मानिस यस्ता भारतिय हरु बाट ठगिरहेकोले यस्ता हल्लाको पछि नलाग्न वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक झविन्द्र भट्टराइले आग्रह गरे ।

सुनसरी जिल्ला धरान उपमहानगरपालिका ८ का २८ वर्षीय सरोज रानामगरलाई २५ लाख चिठ्ठा परेको भन्दै नक्कली चेक 

प्रहरीले आरोपीलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरी निरीक्षक भट्टराईले नेपालको कानुनमा चिठ्ठा वा उपहार परेमा कर कट्टा गरी बाँकी चिठ्ठा परेकालाई उपलब्ध गराइने व्यवस्था रहेको बताए । उनले यदि कसैले चिठ्ठा परेको प्रलोभन देखाई कर जम्मा गर्न लगाएमा सतर्क हुन आग्रह गरे । पत्रकार सम्मेलनमा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, इलाका प्रशासन कार्यालय प्रमुख जगदीश अर्यालको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा