२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङमा भएका छुटृाछुट्टै मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

२०७४, ३ माघ बुधबार ०७:५२

माघ ३, मोरङ । मोरङका दुई छुट्टा–छुट्टै स्थानमा गएराति भएका मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । 

जिल्लाको सुनबर्सी नगरपालिका–६ स्थित भित्री सडकखण्डमा गए राति को २९ प ३६५६ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका–८ बस्ने २० वर्षीय दीपक कामत र पछाडि सवार २१ वर्षीय बालकृष्ण मण्डलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । 

यस्तै, कानेपोखरी गाउँपालिका–२ स्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ प ५१४१ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक कानेपोखरी–३ बस्ने ५० वर्षीय जितन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते