४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुम:स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण

४ माघ २०७४, बिहीबार ०६:०५

माघ ३ तेह्रथुम |  जिल्ला स्वास्थ्य कार्यालय, तेह्रथुमले आफू मातहतका स्वास्थ्य संस्थाहरुलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्न थालेको छ । 

स्वास्थ्य मन्त्रालयको परिपत्रबमोजिम जिल्लाका छवटै स्थानीय तहमा पुगेर ती स्थानीय तह भित्रका स्वास्थ्य संस्था हस्तान्तरण गर्न थालिएको जिल्ला स्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताउनुभयो । 

स्थानीय तहको कार्यसम्पादनको अधिकार निर्धारण भएसँगै स्वतः स्वास्थ्य संस्थाहरु स्थानीय तह मातहतमै गएपनि कार्यालय मातहतका स्वास्थ्य संस्थाका कर्मचारी, जिन्सी तथा पूर्वाधारको अवस्थालगायत सम्पूर्ण अधिकार औपचारिक रुपमै स्थानीय तहलाई हस्तान्तरण गरिएको डा शाहले बताउनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालयको टोलीले हालै लालीगुराँस नगरपालिका र आठराई गाउँपालिकामा पुगेर त्यस क्षेत्रका स्वास्थ्य संस्था हस्तान्तरण गरिसकेको छ । सो अवसरमा त्यहाँ निर्वाचित जनप्रतिनिधिसँग स्वास्थ्य संस्थाको व्यवस्थापन, हालको अवस्था, समस्या र चुनौतीका सम्बन्धमा छलफलसमेत भएको छ । 

स्थानीय तह मातहतमा गएपछि ती स्वास्थ्य संस्थाको औषधि खरिद, कर्मचारीका सेवासुविधा, पूर्वाधार तथा कार्यालय व्यवस्थापनलगायत सम्पूर्ण काम अब स्थानीय तहले नै गर्नेछन् । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य कार्यालय मातहत दुई प्राथमिक स्वास्थ्य केन्द्र, २९ वटा स्वास्थ्य चौकी र एउटा शहरी स्वास्थ्य केन्द्र छन् । 

त्यसमध्ये दुई प्राथमिक स्वास्थ्य केन्द्र र १० वटा स्वास्थ्य चौकी सम्बन्धित स्थानीय तहको जिम्मा लगाइसकेको कार्यालयले जनाएको छ । बाँकी रहेकामध्ये छथर क्षेत्रका पाँचवटा स्वास्थ्य चौकी गाउँपालिकालाई हस्तान्तरण गर्ने तयारी रहेको डा शाहले बताउनुभयो । अन्य स्वास्थ्य संस्थाहरु पनि अब क्रमशः स्थानीय तहलाई हस्तान्तरण गरिने कार्यालयको तयारी छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ