२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुम:स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण

२०७४, ४ माघ बिहीबार ०६:०५

माघ ३ तेह्रथुम |  जिल्ला स्वास्थ्य कार्यालय, तेह्रथुमले आफू मातहतका स्वास्थ्य संस्थाहरुलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्न थालेको छ । 

स्वास्थ्य मन्त्रालयको परिपत्रबमोजिम जिल्लाका छवटै स्थानीय तहमा पुगेर ती स्थानीय तह भित्रका स्वास्थ्य संस्था हस्तान्तरण गर्न थालिएको जिल्ला स्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताउनुभयो । 

स्थानीय तहको कार्यसम्पादनको अधिकार निर्धारण भएसँगै स्वतः स्वास्थ्य संस्थाहरु स्थानीय तह मातहतमै गएपनि कार्यालय मातहतका स्वास्थ्य संस्थाका कर्मचारी, जिन्सी तथा पूर्वाधारको अवस्थालगायत सम्पूर्ण अधिकार औपचारिक रुपमै स्थानीय तहलाई हस्तान्तरण गरिएको डा शाहले बताउनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालयको टोलीले हालै लालीगुराँस नगरपालिका र आठराई गाउँपालिकामा पुगेर त्यस क्षेत्रका स्वास्थ्य संस्था हस्तान्तरण गरिसकेको छ । सो अवसरमा त्यहाँ निर्वाचित जनप्रतिनिधिसँग स्वास्थ्य संस्थाको व्यवस्थापन, हालको अवस्था, समस्या र चुनौतीका सम्बन्धमा छलफलसमेत भएको छ । 

स्थानीय तह मातहतमा गएपछि ती स्वास्थ्य संस्थाको औषधि खरिद, कर्मचारीका सेवासुविधा, पूर्वाधार तथा कार्यालय व्यवस्थापनलगायत सम्पूर्ण काम अब स्थानीय तहले नै गर्नेछन् । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य कार्यालय मातहत दुई प्राथमिक स्वास्थ्य केन्द्र, २९ वटा स्वास्थ्य चौकी र एउटा शहरी स्वास्थ्य केन्द्र छन् । 

त्यसमध्ये दुई प्राथमिक स्वास्थ्य केन्द्र र १० वटा स्वास्थ्य चौकी सम्बन्धित स्थानीय तहको जिम्मा लगाइसकेको कार्यालयले जनाएको छ । बाँकी रहेकामध्ये छथर क्षेत्रका पाँचवटा स्वास्थ्य चौकी गाउँपालिकालाई हस्तान्तरण गर्ने तयारी रहेको डा शाहले बताउनुभयो । अन्य स्वास्थ्य संस्थाहरु पनि अब क्रमशः स्थानीय तहलाई हस्तान्तरण गरिने कार्यालयको तयारी छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन