२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाम: अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या

४ माघ २०७४, बिहीबार ०७:३६

माघ ४, इलाम | इलामको पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या हुने गरेको छ । भारतसँगको इलामस्थित मुख्य नाका पशुपतिनगरमा पर्यटकले लिनुपर्ने पर्यटक अनुमतिपत्र यहाँबाट प्रदान नगरिँदा बाह्य पर्यटकलाई समस्या भएको हो । 

सो नाका हुँदै बंगलादेशलगायत अन्य देशबाट नेपाल भित्रिने पर्यटकलाई अनुमति लिनका लागि झापाको काँकडभित्ता नै पुग्नुपर्ने बाध्यता छ । भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि सो अनुमति नचाहिने भए पनि अन्य मुलुकबाट आउने पर्यटकले अनुमतिपत्र लिनुपर्ने हुन्छ । 

इलाममा अझ बढी पर्यटक भित्रिने भए पनि काँकडभित्ता पुग्नुपर्ने बाध्यताका कारण पशुपतिनगरबाट नेपालका पूर्वी क्षेत्र आउने सबै पर्यटक इलाम नआउने गरेका छन् । पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा नेपाली तथा भारतीय पर्यटन व्यवसायीलाई नै समस्या भएको उनीहरु बताउँछन् । 

इलाम पर्यटकीय जिल्ला हो । यहाँ आन्तरिक तथा बाह्य पर्यटक गरी धेरै पर्यटक आउने गर्छन् । तर भारतको सिलिगुडी, दार्जिलिङलगायतबाट पशुपतिनगर हुँदै इलामको पूर्वी क्षेत्र भित्रिने पर्यटकले सानो कामका लागि पनि झापाको काँकडभित्ता नै जानुपर्ने बाध्यता छ । 

कति पर्यटक त समस्या बुझेपछि पशुपतिनगरबाट इलाम नै नछिरी त्यहाँबाट नै फर्कने गरेको सिलिगुडीका पर्यटन व्यवसायी बताउँछन् । 

सिलिगुडीबाट बंगाली पर्यटक लिएर नेपाल आउनुभएका पर्यटन व्यवसायी विनोद गुप्ताले चाँडै यो समस्या समाधान नभए आफूहरु र इलामका पर्यटन व्यवसायीलाई समेत घाटा हुने बताउनुभयो । 

भारततर्फको फाटकमा भारतीय पक्षबाट सो कार्यालय स्थापना गर्न पहल गरे पनि नेपालको पशुपतिनगरतर्फ नेपाल सरकारले कुनै प्रक्रिया अघि नबढाएको उहाँले बताउनुभयो । 

पशुपतिनगरबाट पर्यटक आवागमन गर्ने अनुमति प्राप्त हुन सके जिल्लामा पर्यटकको ओइरो लाग्ने पर्यटन व्यवसायी तथा होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले धेरैपटक यो कुरा नेपाल सरकारसमक्ष पु¥यायौँ तर कसैले सुनेन ।” 

चाँडो सो स्थानमा आप्रवासन केन्द्र स्थापना गरिनुपर्ने इलामका पर्यटन व्यवसायी बताउँछन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…