२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाम: अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या

२०७४, ४ माघ बिहीबार ०७:३६

माघ ४, इलाम | इलामको पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या हुने गरेको छ । भारतसँगको इलामस्थित मुख्य नाका पशुपतिनगरमा पर्यटकले लिनुपर्ने पर्यटक अनुमतिपत्र यहाँबाट प्रदान नगरिँदा बाह्य पर्यटकलाई समस्या भएको हो । 

सो नाका हुँदै बंगलादेशलगायत अन्य देशबाट नेपाल भित्रिने पर्यटकलाई अनुमति लिनका लागि झापाको काँकडभित्ता नै पुग्नुपर्ने बाध्यता छ । भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि सो अनुमति नचाहिने भए पनि अन्य मुलुकबाट आउने पर्यटकले अनुमतिपत्र लिनुपर्ने हुन्छ । 

इलाममा अझ बढी पर्यटक भित्रिने भए पनि काँकडभित्ता पुग्नुपर्ने बाध्यताका कारण पशुपतिनगरबाट नेपालका पूर्वी क्षेत्र आउने सबै पर्यटक इलाम नआउने गरेका छन् । पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा नेपाली तथा भारतीय पर्यटन व्यवसायीलाई नै समस्या भएको उनीहरु बताउँछन् । 

इलाम पर्यटकीय जिल्ला हो । यहाँ आन्तरिक तथा बाह्य पर्यटक गरी धेरै पर्यटक आउने गर्छन् । तर भारतको सिलिगुडी, दार्जिलिङलगायतबाट पशुपतिनगर हुँदै इलामको पूर्वी क्षेत्र भित्रिने पर्यटकले सानो कामका लागि पनि झापाको काँकडभित्ता नै जानुपर्ने बाध्यता छ । 

कति पर्यटक त समस्या बुझेपछि पशुपतिनगरबाट इलाम नै नछिरी त्यहाँबाट नै फर्कने गरेको सिलिगुडीका पर्यटन व्यवसायी बताउँछन् । 

सिलिगुडीबाट बंगाली पर्यटक लिएर नेपाल आउनुभएका पर्यटन व्यवसायी विनोद गुप्ताले चाँडै यो समस्या समाधान नभए आफूहरु र इलामका पर्यटन व्यवसायीलाई समेत घाटा हुने बताउनुभयो । 

भारततर्फको फाटकमा भारतीय पक्षबाट सो कार्यालय स्थापना गर्न पहल गरे पनि नेपालको पशुपतिनगरतर्फ नेपाल सरकारले कुनै प्रक्रिया अघि नबढाएको उहाँले बताउनुभयो । 

पशुपतिनगरबाट पर्यटक आवागमन गर्ने अनुमति प्राप्त हुन सके जिल्लामा पर्यटकको ओइरो लाग्ने पर्यटन व्यवसायी तथा होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले धेरैपटक यो कुरा नेपाल सरकारसमक्ष पु¥यायौँ तर कसैले सुनेन ।” 

चाँडो सो स्थानमा आप्रवासन केन्द्र स्थापना गरिनुपर्ने इलामका पर्यटन व्यवसायी बताउँछन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन