२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा छोरी जन्माउने ४८ आमाले प्रोत्साहन भत्ता पाए

२०७४, ५ माघ शुक्रबार ०३:२६

माघ ५, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ । 

स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिँदै आएको संस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० बाहेक गाउँपालिकाले दिएको थप रु एक हजार प्रोत्साहन भत्ता वितरण गरिसकेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताउनुभयो । उहाँले भन्नुभयो “आव २०७४÷७५ को साउनदेखि ४८ जना आमालाई सो रकम वितरण गरिसकेका छौँ ।” 

गाउँपालिकाको यो निर्णयले दोगडाकेदार गाउँपालिकाका महिला निकै खुशी भएका छन् । छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिएबापत गाउँपालिकाले प्रोत्साहन भत्ता दिँदा जन्मिएका बालबालिकालाई न्यानो लुगा किन्न सजिलो भएको दोगडाकेदार–६ का रुवसी विकले बताउनुभयो । 

“पैसा कमै भएपनि गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो लाग्यो”, उहाँले भन्नुभयो “दोगडाकेदार गाउँपालिकाले छोरी जन्मिँदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको छ ।” 

यो कार्यले आमालाई पनि साहस प्राप्त हुने र घरमै हुने विभेदको अन्त्य पनि हुने गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो “छोराछोरीमाथि भेदभाव अन्त्यका लागि गाउँपालिकाले पहल थालेको हो”, हाम्रो समाजमा अझैै पनि छोरा र छोरी भनेर विभेद गरिन्छ, उहाँले भन्नुभयो “छोराछोरीबीचको विभेद अन्त्य हुने विश्वास लिएका छौँ ।” 

गर्भावस्थामै छोरी भए गर्भ फाल्ने हुनाले भु्रणहत्यामा कमी ल्याउनका लागि गत भदौदेखि प्रोत्साहन दिने निर्णय गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । 

“महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न यस्तो निर्णय गरिएको हो, छोरी जन्माउँदा घरमा पनि नकारात्मक सोचले हेर्ने भएकाले यो स्थितिमा परिवर्तन गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो । छोरी जन्मिँदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा