२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश पठाइदिने भन्दै करोडौं ठगी गर्ने नुवाकोटका एक व्यक्ति पक्राउ

२०७४, ५ माघ शुक्रबार ०९:४८

माघ ५, काठमाडौं । जापान, अमेरिका, पोर्चुगल, सिंगापुर लगायतका देशहरुमा पठाइदिने भन्दै कराडौं रुपैयाँ ठगी पर्ने व्यक्ति पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा नुवाकोट घर भइ हाल ललितपुरको तिखेदेवलमा बस्दै आएका ३९ वर्षीय पारस लोहोनी छन् । पीडितहरुको उजुरीको आधारमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो । 


उनले विभिन्न देशमा आकर्षक सेवा सुविधासहितको रोजगारी दिने भन्दै विभिन्न व्यक्तिसँग करोडौं रकम ठगी गरेका थिए । प्रहरीका अनुसार उनले प्रतिव्यक्ति ७ लाख रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्म लिएर २ करोड ७५ लाख रुपैयाँ ठगी गरेकाे खुलेकाे छ । 

पीडितहरुसँग पैसा लिएपछि लोहोनी सम्पर्कबिहीन हुने गरेका थिए । उनीबिरुद्ध वैदेशिक रोजगारी विभाग, बुद्धनगरमा समेत वैदेशिक रोजगारी ठगी सम्बन्धि मुद्दा अनुसन्धानको क्रममा रहेको बताइएको छ ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि शुक्रबार महानगरीय प्रहरी परिसरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते