१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

तामाकोशी गाउँपालिका वडाध्यक्षले गरे दृष्टिविहीनलाई सहयोग

६ माघ २०७४, शनिबार ०३:२२

माघ ६, दोलखा । तामाकोशी गाउँपालिका वडा नं १ का वडाध्यक्षले आफ्नो भत्ताबापतको रकम दृष्टिविहीन बालकलाई शुक्रबार प्रदान गर्नुभएको छ । 

अध्यक्ष महेश्वर काफ्लेले सोही वडाका दुई दृष्टिविहीन बालकलाई भत्ताबापतको रु आठ हजार ७७५ र अमेरिका निवासीसानु शेर्पाको रु पाँच हजार गरी एकमुष्ट रु १३ हजार ७७५ सहयोग गर्नुभएको हो । 

विभिन्न तालीम गोष्ठीबाट आफूलाई भत्तास्वरुप प्राप्त रकम विपन्न तामाकोशी– १ माझीगाउँका शंकर माझीका दृष्टिविहीन दुई छोरा सुरेन्द्र र राजेन्द्रलाई अध्ययनका लागि सहयोग गरिएको अध्यक्ष काफ्लेले जानकारी दिनुभयो । 

उनीहरु दुवै जन्मजातै दृष्टिविहीन छन् । आफूहरु दुइटै आँखा नदेख्ने भए पनि अवसर पाए भविष्यमा संगीत सिकेर गायक बन्ने लक्ष्य रहेको सुरेन्द्रले बताए । 

सो रकमले उनीहरुलाई संगीत कक्षामा भर्ना गरिने बुवा शंकरले जानकारी दिनुभयो । पाँच सन्तानका पिता शंकरको आर्थिक अवस्था दयनीय छ । 

माछा मारेर जीवन धानेका यी माझीका दुई छोरा केही वर्षयता चरीकोटस्थित कालिञ्चोक माविले सञ्चालन गरेको छात्रावासमा बसेर पढ्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार