२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटे धामीदाइलाई ‘नुवाकोट घर’ को अभिनन्दन

२०७४, ६ माघ शनिबार १२:०३

माघ ६, काठमाडौँ । नुवाकोटको प्रसिद्ध भैरवीस्थान मन्दिरका पुजारी हरिमानसिंह डंगोल (धामीदाइ) लाई सानेपाको ‘नुवाकोट घर’ ले आज अभिनन्दन गरेको छ । 

गोर्खालीको कुलदेवीका रुपमा मानिने भैरवीका पुजारीलाई नुवाकोट घरका तर्फबाट पर्यटन व्यवसायी विक्रम पाँडेले नगद रु २५ हजारसहित सम्मान गर्नुभएको हो । 

ऐतिहासिक धरोहर नुवाकोट दरबार र भैरव मन्दिरको पहिचानलाई प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले नुवाकोटको धरोहरको रुपमा रहेका धामीदाइलाई अभिनन्दन गरिएको व्यवसायी पाँडेले बताउनुभयो । 

परम्पराअनुसार १२ वर्षसम्म भैरव देवी स्थान मन्दिरका पुजारी धामीदाइ नुवाकोट परिसरभन्दा बाहिर निस्कन नमिल्ने कथन छ । प्रत्येक १२ वर्षमा राष्ट्र प्रमुखको हातबाट नयाँ पोशाक परिवर्तन गर्ने परम्पराअनुसार धामीदाइ काठमाडौँ आउनुभएको अवसर पारी उहाँलाई सम्मान गरिएको हो । 

धामीदाइका आफन्तसमेत रहेका पर्यटन व्यवसायी राजेन्द्रमान डंगोलका अनुसार धामीदाइ परम्पराअनुसार यही प्रयोजनको लागि मात्र तादी खोला तरेर नुवाकोट बाहिर निस्कन सक्नुहुन्छ । 

प्रत्येक वर्ष आयोजना गरिने सिन्दूरे जात्रामा धामीदाइले प्रयोग गर्ने पोशाक, गहनालगायत पहिरन प्रत्येक १२ वर्षमा परिवर्तन गर्नुपर्ने प्रथा रहिआएको छ । 

अठहत्तर वर्षीय धामीदाइको पोशाक परिवर्तन यो छैटौँ पटक हो । उहाँले पहिले विसं २०१९, २०३१, २०४१, २०५२ र २०६३ मा राष्ट्रप्रमुखबाट पोशाक परिवर्तन गर्नुभएको थियो । पछिल्लो पटक तत्कालीन राजा वीरेन्द्र शाहबाट पोशाक परिवर्तन गरेको उहाँले बताउनुभयो । 

उहाँले नुवाकोटदेखि आएर नुवाकोट घरको सम्मान पाउँदा आफू ज्यादै हर्षित भएको बताउनुभयो । धामीदाइको बस्त्र गुरुजुले तन्त्रमन्त्र गरेपछि लगाइन्छ । यस वर्षको समय भने अहिलेनै यकिन भएको छैन । 

धामीदाई भने झण्डै तीन सातादेखि काठमाडौँमै हुनुहुन्छ । मल्लकालीन राजाको पालाभन्दा अघिदेखि यस्तो परम्परा रहिआएको बताइन्छ । भैरवीको हेरविचार र स्याहारसुसार राज्यबाटै हुँदैआएको छ । 

सो अवसरमा नुवाकोट घर परिसरमा निर्माण गरिएको नुवाकोटको साततले दरबारको प्रतीक धामीदाइले उद्घाटन गर्नुभएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला